भारतीय मुलकी कमला ह्यारिस राष्ट्रपति उम्मेदवारकाे दाैडबाट पछि हटिन
भारतीय मुलकी कमला ह्यारिस डेमोक्रेटिक पार्टिको तर्फबाट २०२० को राष्ट्रपति पदको उम्मेदवारको दौडबाट बाहिरिएकी छिन् ।
क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले केही समय अघि ट्वीट गदै दुखका साथ आफना समर्थकहरुलाई आफनो राष्ट्रपति पदको अभियानलाई स्थगीत गरेको जनाएकी हुन ।
उनले भनेकी छिन्– ‘म मेरो समर्थकहरुलाई आभारका साथ भन्छु र पछुतो मान्दै भन्छु, आज म मेरो अभियानलाई स्थगीत गदैछु ।’
तर म तपाईहरु संग स्पष्ट के गर्न चाहन्छु भने म हरेक दिन यस अभियानमा के भइरहेको छ, त्यसका लागी संघर्ष गरिरहनेछु । जनता र न्यायका लागी सधै अघि बढीरहनेछु ।’
उनले चुनावको प्रारभ्भिक अभियानको उत्साहको श्रेय लिन असफल भएपछि डेमोक्रेटिक पार्टिको राष्ट्रपति पदको उम्मेदवारको दौडबाट पछि हटेकी छिन् ।
विशेष गरी उनको चुनावी अभियान अफ्रिकन अमेरिकनहरुको समर्थन कायम गर्न असमर्थ भएसंगै अन्तय भएको छ ।
उनले समर्थकहरुलाई एक इमेलमा आफनो चुनावी अभियानको अन्तय पैसाको अभावका कारण भएको भन्दै दोष लगाएकी छिन् ।
उनले भनेकी छिन्– म एक अरबपति हैन, म मेरो अभिायनको कोष आफै खडा गर्ने हैसियतकी छैन । अभियान अगाडी बढदै जादा पैसा जुटाउन मुस्किल भयो ।’
५५ वर्षीया ह्यारिस उदाउदो ताराको रुपमा राष्ट्रपति पदको उम्मेदवारमा अगाडी बढीरहेको बेला झयाप्पै ब्रेक लागेको छ ।
पुर्व उपराष्ट्रपति जो बिडेनले हयारिसलाई प्रशंसा गदै कडा , कडा व्यक्ति र प्रतिभाले भरिएको महिलाको रुपमा संज्ञा दिएका थिए ।
भारतको जमैका पुखौली थलो भएकी ह्यारिसले अमेरिकामा छोटो समयमा यहा“को राजनितिमा छलाङ मारेकी थिइन । भारतीय मुलकी पहिलो अमेरिकी सिनेटर बनेकी ह्यारिस राष्ट्रपति ट्रम्पको मुख्य आलोचक पनि हुन ।
।