इरानमा पछिल्लो क्रममा भएको सरकार विरोधी प्रदर्शनमा एक हजार नागरिकको हत्या भएको अमेरिकाले दाबी गरेको छ ,
अमेरिकाको विदेश मन्त्रालयका विशेष प्रतिनिधी ब्रायन हुकले संभवत यतिका नागरिकको सरकारले हत्या गरेको दाबी गरेका हुन ।
उनले भने–‘इरानमा सरकारी विरोधी प्रदर्शन सुरु भएको यता सरकारको कार्वाहीमा एक हजार नागरिकको हत्या भएको हुन सक्छ ।’
उनले अमेरिकाको कुनै वेभपेजबाट ३२ हजार भिडियोका फुट्ज भेटिएकाले यसमा इरान सरकारको बर्बर आतंकको खुलासा गर्छ भनेका छन् । अमेरिकी विदेश मन्त्रालयले हरेक भिडियो फुटेजको अध्ययन गरिरहेको छ ।
फुटेजलाई आधार बनाउदै दक्षिण पश्चिम इरानको मशहर सहरमा प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि इस्लामिक रिवोल्युनकारी सुरक्षा बलले विना चेतावनी प्रदर्शनकारी माथि गोलाबारी गर्दा धेरैको ज्यान गएको बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले प्रदर्शनमा हजारौ नागरिक घाइते हुनुका साथै ७ हजार प्रदर्शनकारी हिरासतमा रहेको बतायो । इरानी सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरेपछि गत १५ नोभेम्बर देखि इरानमा विरोध प्रदर्शनको सिलसिला सुरु भएको थियो ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले इरानमा मानवअधिकारको उल्लघन भएको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected