शिव शर्मा/टेक्सस
अमेरिका आएर घुम्ने चाख एकपटक जसलाई पनि हुन्छ । त्यो भन्दा बढी हाम्रा देशका नेतालाई पनि अमेरिका घुम्ने रहर बढ्दो छ । पछिल्लो क्रममा यता आउने् नेताहरुको बाढीले पनि अमेरिका उनिहरुका लागी पानी पधेरो जस्तै बनेको हो ।
यही भएर त यहाँ विभिन्न राजनितिक दलका नेताहरु विभिन्न कार्यक्रमको बहानामा अमेरिका आउने क्रम बढ्दो छ । यता आएर घुमघाम गर्ने नेताहरु ओइरीरहेका छन् । कति सरकारी खर्चमा त कति यहाँका विभिन्न संघ संस्था तथा व्यक्तिले टिकट काटिदिएको भरमा यता आउछन् । यहाँ आउने नेताहरुलाई खाता माला अविर लगाउन यहाँ का काग्रेस र कम्युनिष्टका कार्यकर्तालाई भ्याईनभ्याई हुन्छ ।

अमेरिकामा फाेटाे खिचाउदै डा बाबुराम भट्टराई र हिसिला यमी

वार्षिक आकडा निकाल्ने हो भने दर्जन भन्दा बढी नेता विभिन्न कार्यक्रमको बहानामा अमेरिका आउने गरेका छन् ।
अमेरिकामा विभिन्न व्यवसाय गदै आएका देखि अन्य पेशा व्यवसाय गरेकाहरुले टिकट काटेर समेत नेताहरुलाई यता झिकाउने गरेका छन् ।
अमेरिका आउने नेताको चाकडी गर्ने र तिनका पछि लागेर केहीले आफनो समय पनि बर्बाद गरिरहेका छन् ।
यसरी अमेरिका आउने नेपाली नेताहरुमा केहीले आफनो खर्चमा टिकट काटे पनि अधिकांश भने यतैका नेपालीले टिकट कटाईदिएपछि आउने गरेका छन् । कार्यक्रम त एउटा बहाना मात्र भएको छ ।
टेक्ससकै एक सामाजिक अभियान्त भन्छन्– ‘विदेशमा आएर उही फुस्रा भाषण छाटेर केही फाइदा छैन, भाषण सुनेर दिक्क भएर यता आएका हामीलाई उनिहरुको भाषणले अर्थ राख्दैन । उनले यहा“का केही फुर्सदिला नेपालीले नेता डाक्ने र उनिहरुलाई घुमाउने संस्कार बसेको बताए ।
अमेरिकामा नेपाली नेताहरु विभिन्न कार्यक्रमको बहानामा यता आउने पछिल्लो क्रममा हवात्तै बढीरहेको छ । यसै महिना काग्रेसका तीन शीर्ष नेताहरु एकै पटक अमेरिकामा देखिए । काग्रेस नेताहरु प्रकाशमान सिंह, सुजाता कोइराला र नविनराज जोशी । प्रकाशनमान सिह वीर गणेशमान सिनेमा संगै पार्टिको अन्तक्रियामा सहभागी भए । यस्तै सुजाता र नविनराज पनि उस्तै प्रकृतिका कार्यक्रममा देखिए । नेपाली नेताहरुको विभिन्न कार्यक्रमको बहानामा अमेरिका घुम्ने मोह बढीरहेको छ ।

अमेरिकाकाे कार्यक्रममा स्वागत थाप्दै राप्रपा अध्यक्ष कमल थापा

नेपाल तरुण दलका जीतजंग बस्नेत पनि अमेरिका ओहोरदोहोर गर्नेमा पर्छन् । याे उदाहरण मात्र हाे, अमेरिका आउने नेताहरुकाे फेहरिस्त लामै छ
भर्खर मात्रै राप्रपा अध्यक्ष कमल थापा पार्टि निकट प्रवासी नेपाली एकता समाजको कार्यक्रममा अमेरिका आएका थिए । पार्टि निकट कार्यक्रम आएक। उनलाई गैरआवासिय नेपाली संघ (एनआरएनए) टेक्सस च्यापटरले छोपेर अन्तरक्रिया ग¥यो ।
केही महिना अघि काग्रेसकै उपसभापति बिजय कुमार गच्छेदार पनि शिकागो आएका थिए । अमेरिकामा घुम्न आउनेमा अधिकांश काग्रेसका नेताको बाहुल्यता बढी देखिन्छ । कम्युनिष्टका नेताहरु पनि अमेरिका घुमघाम गर्नेमा त्यतिकै छन् ।  अन्य झिना मसिना पार्टिका नेता पनि छन ।

शिकागाे काे एक कार्यक्रममा नेकपाका नेता माधव नेपालका साथ काग्रेसका विश्वप्रकाश शर्मा

एमालेका प्रदीप ज्ञवाली, भानुभक्त ढकाल देखि अन्य विभिन्न नेताहरु विभिन्न कार्यक्रमको बहानामा यता आए । अघिल्लो वर्ष नया शक्ति पार्टिका डा बाबुराम भट्टराई र हिसिला यमी एक महिना अमेरिकाका   विभिन्न राज्य डुलेर फर्किए ।
विभिन्न कार्यक्रमको सिलसिला होस या उपचारका लागी नेपाली नेताहरु अमेरिका आउने गरेका छन् । केपी ओली देखि प्रचन्ड आफु आफनाे   परिवारको उपचारका लागी आएका छन् । जुन रुपमा होस नेपाली नेताहरुलाई अमेरिका पहिलो रोजाई बन्दै आएको छ ।

यसरी आउनेहरु यहाका फराकिला सडक समुन्द्र लगायतमा तस्विर खिचाउदै रमाउछन् । अमेरिका घुमेर गएपनि यहाँको जस्तो विकास र सिस्टम नेपालमा लागु गरे बल्ल अमेरिका घुमेको अर्थ राख्थ्यो’ शिकागो बस्दै आएका प्रमिश केसीले भने– ‘कार्यक्रम भन्दै आउने र घुमेर जाने बाहेक हाम्रा नेताहरुको अरु केही काम छैन ।’
‘ सरकारी तथा राजनितिक पद र प्रतिष्ठालाई भजाएर पार्टिका शुभेच्छुक कार्यकर्ताहरुको गोजी डाम्दै विदेश घुम्नु राम्रो हैन, यो भ्रष्ट आचारण हो’ अमेरिका निवासी विश्व भट्ट भन्छन्–विदेशिएका पसिनाहरुको मेजमान खादै, फोस्रा भाषण गदै अनि सेल्फी खिच्दै हिडेर पार्टि संगठन बलियो हुने हैन ।’

हो उनले भने झै विभिन्न बहाना नेपालका सबै पार्टिका नेताहरु अमेरिकामा आएका छन् । यहा“का कार्यकर्ता संग भेटघाट र फुस्रा भाषण छाटेर जान्छन् ।

अमेरिकामा तस्वीर खिचाउदै प्रचन्ड र उनकाे परिवार

टेक्ससमा बसेर प्राध्यापन पेशामा संलग्न डा प्रभात दिक्षितलाई अमेरिका जस्तो देशमा नेपालको जस्तो राजनिति देखेर दिक्कदारी लाग्छ । उनले फेसबुकमा स्टाटस लेख्दै भने–‘अमेरिकामा बसेर नेपालको राजनितिक गरेको देख्दा दिक्क लाग्छ । ह्याङओभर मात्र त होला, अरु के काम ?
अमेरिका आउने नेताको मात्र हैन यता बस्ने केही फुर्सदिला नेपालको राजनितिको हालामुहाली गर्न खोज्नेहरुको पनि कमजोरी देखिन्छ । नेतालाई अमेरिका ल्याउन टिकट काटिदिने देखि खाने बस्ने र घुमाउनेको ठेक्का लिनेहरुले गर्दा पनि अमेरिकाको घुमाई सजिलो बनिदिएको छ ।
अमेरिकामा यसरी नेता आउदा एयरपोर्ट कुदने, तिनलाई घुमाउनेहरुको पनि केही समुह छ अमेरिकामा । एयरपोर्ट पुगेर नेतासंग फोटो खिचाएर सामाजिक संजालमा हालेर सन्तुष्ट हुनेहरु यहा छन् । अमेरिकामा दलगत गुटउपगुटमा मौलाएका विभिन्न संघ संस्थाले नेताहरुलाई अमेरिका ल्याउने गरेका छन् । यसरी ल्याउने कतिपय संस्थाहरुको आधिकारितामा समेत प्रश्न उठदै आएको छ ।

तस्वीरहरु :सामाजिक संजालबाट

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected