अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामाको सामान्य जीवनकाे  यस अघि संचारमाध्यममा  चर्चा  हुदै आएको थियो । कहिले रेष्टुन्टमा काम गरेको त कहिले सामान किन्न नाइन बसेको कुरालाई गसिफ बनाइएको थियो । तर ओबामा ले अमेरिकाको एक टापुमा आलिसन बंगाला किनेका छन् । झण्डै १२ मिलियन डलरमा उनले उक्त घर यसै साता खरिद गरेका हुन ।


म्यासाचुसेटस कटेो मार्था भ्यानयार्डको समुन्द्रीक टापुमा उक्त बिशाल बंगालाको खरिद प्रकया पुरा गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । सानफ्रान्सिस्कोको ब्राडेनबर्गर टेलर लोम्बार्डो आर्किटेक्टस द्धारा डिजाइन गरिएको घर २००१ मा प्रख्यात टापु ठेकेदार जोन अर्लि द्धारा निर्माण गरिएको थियो ।
सात बेडरुम रहेको उक्त बंगलामा ७ हजार स्क्यावर फिटमा फैलिएको छ । प्रमुख समर डेस्टिनेशन क्षेत्रको रुपमा हेरिने उक्त क्षेत्रमा बाराक ओबामा र मिसेल ओबामाको पहिलो भ्याकेसन नया घरमा हुने भएको छ । फराकिलो समुन्द्र क्षेत्रमा अवस्थित उक्त बंगालबाट वरिपरि आकर्षक दृश्यहरु रहेका छन् ।

उक्त क्षेत्रमा आउटडोर पोखरी, सुर्य डेक, बालकनी, मनोरञ्जन कोठा, बोट हाउस तथा बालकनी, फायरप्लेस, पानीका दृश्य, लगायतका अत्याधुनिक सुविधा रहेको छ ।
ओबामा ले दुई राष्ट्रपतिय कार्याकालमा समेत यस ठाउ“मा दुई पटक परिवार सहित छुट्टि मनाएका थिए । मार्थाको यो टापु धनीहरुलाई लागी गर्मिको प्रमुख गन्तव्यको रुपमा लिदै आएको छ ।

यो अदित्तिय र भव्यघर वाइन्डिग ड्राइवे, फराकिलो जमीन र अविश्वसनिय पानीका दृश्यहरुले समेत सबैका लागी आकर्षक स्थानको रुपमा परिचित रहदै आएको छ ।

तस्विर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected