पाेखरा /युएसनेपाल पाेस्ट

साझा पार्टी कास्कीले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । मंसिर १४ को उपनिर्वाचनमा चुनावी घरदैलोमा पुग्दा सरसफाइमा जुटेको पार्टीले निर्वाचन सकिए पछि शनिबार पोखरा(१८ लभ्ली हिलमा सरसफाइ गरेको हो ।

पार्टीको कास्की जिल्ला अभियान विभागको आयोजनामा भएको सरसफाइमा १७ बोरा फोहोर संकलन गरिएको अभियान विभागका संयोजक लीलाधर लामिछानेले जानकारी दिए ।

पार्टीका जिल्ला समितिका पदाधिकारीसहित १५ जनाको टोली शनिबार सबेरै लभ्ली हिल पुगेको थियो । सरसफाइमा पुगेको टोलीले त्यहाँ सन्देशमूलक प्लेकार्ड पनि गाडेर छाडेको छ ।

सरसफाइ गरेर मात्र नहुने भएकाले आफूहरुले जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि निरन्तरता दिने संयोजक लामिछानेले बताए ।

उनले भने, ‘यो हाम्रो सुरुआत मात्र हो र यसलाई निरन्तरता दिन हामी कुनै कन्जुसाईँ गर्दैनौँ । सरसरफाइ गर्नुभन्दा पनि फोहोर फाल्न हँदैन भन्ने चेतना जगाउनु आवश्यक छ ।’

पोखरालाई प्रदुषणमुक्त शहर बनाउनका लागि आगामी दिनमा पोखरा महानगरपालिकासँग समन्वय गरेर अभियानलाई निरन्तरता दिने पार्टीले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected