बाल्टीमाेर/युएसनेपाल पाेस्ट
एनआरएनए आइसिसिसिको शनिबार बाल्टीमोरमा एक भेला सम्पन्न भएको छ ।
एनआरएनए आइसिसिमा अमेरिकाज क्षेत्रबाट विजय भएका पदाधिकारीहरु तथा सदस्यहरु भेलामा सहभागी भएका थिए ।
स्थानिय बाल्टीमोर च्याप्टरले गरेको कार्यक्रममा एनआरएनएमा हालै विजय पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
एनआरएनए महिला उपाध्यक्ष रविना थापा, सचिव गौरीराज जोशी तथा अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएन अध्यक्ष सुनिल थापा, वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे तथा उपाध्यक्ष कृष्णजीवि पन्त मेरिल्यान्ड च्यापटरका अध्यक्ष डोलनाथ घिमिरेले खादा ओढाएर सम्मान गरेका थिए ।
प्राविधिक कारणले उपाध्यक्ष सोनाम लामा, अमेरिकाज क्षेत्रका उपसंयोजक रामसि पोखरेल तथा महिला संयोजक उमा कार्की थापा सहभागी भएका थिएनन ।
एनसिसि बैठक पनि बाल्टीमोरमा अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनए टास्कफोर्सका तर्फबाट अनुप खनालले भावी कार्ययोजना समेत प्रस्तुत गरेको थिए ।
सम्बन्धित खवर
-
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
-
कुमारजंग कार्की न्युजर्सि एन आर ...