राधाकृष्ण काफ्ले

हारे पनि जिते पनि, जिन्दगी यो बाँचेकै छु
ब्यथा जति सहे पनि, तिमी संग हाँसेकै छु
****
सताई राख्ने ब्यथा संग, पौंठेजोरी खेलिरहेछु
जिन्दगी मा नसोंचे को, दुःख पनि झेलिरहेछु
पीर कति पारूँ तिम्लाई, आँफै भित्र साँचेकै छु
ब्यथा जति सहे पनि, तिमी संग हाँसेकै छु
****
कहिलेकाँही भन्छ्यौ हेर, ‘आज किन बोल्नु हुन्न ?
मनभरिका कुरा पनि, हामी संग खोल्नु हुन्न’
एति भन्छु आज हेर, धैर्यता यो साँचेकै छु
ब्यथा जति सहे पनि, तिमी संग हाँसेकै छु ।।

मातातीर्थ, काठमाडौं
(हाल: टेक्सस )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected