अमेरिकाको नौ सेना हवाईअड्डामा बन्दुक आक्रमण गरेर तीन जनाको ज्यान लिने अभियुक्त साउदी अरबको बायुसेनामा सेकेन्ड लेपटिनेन्ट भएको पत्ता लागेको छ ।
अमेरिकाको संघिय जाँच एजेन्सीले शनिवार फलोरिडाको नौ सेना अड्डामा आक्रमण गर्ने उनको पहिचान गरेको हो ।
उनी २१ वर्षीय मुहम्मद अल शमरानी भएको (एफबीआई)ले जनाएको छ ।
एफबिआईका अनुसार घटनास्थलमा मारिएका अभियुक्त नौसेनाकै एविएशन स्कुलमा प्रशिक्षण लिइरशेका थिए । साउदी अरबका सैनिक १९७० देखि नै त्यहअ“ प्रशिक्षण लिदै आएका छन् । अमेरिकी रक्षा मन्त्रालयकका प्रवक्ता क्रिस गार्वरका अनुसार पेन्टागनमा  दिदै आएकाे प्रशिक्षणमा साउदीका ८ सय ५२ साउदी सैनिकले प्रशिक्षण लिइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनाले विदेशी सैनिकलाई प्रशिक्षण दिने बारेमा सोच्ने बेला आएको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected