युएसनेपाल पोष्ट/टेक्सास

नेपाली समाज टेक्ससले संचालन गदै आएको नेपाली भाषा पाठशालाको कक्षा आइतबार समापन भएको छ ।झण्डै चार महिना देखि संचालित भाषा पाठशाला यो सिजनका लाी समापन भएको हो ।बिगत दुई महिना देखि नेपाली समाज टेक्सासले डालसको अर्भिङमा संचालन गरेको कक्षामा टेक्ससमा बसोबास गर्ने नेपाली बालबालिकाहरु नेपाली भाषा र सस्कृति सिक्न लागी यसरी नै लागी परेका छन् ।यतै जन्मेका र नेपालबाट सानै उमेरमा अमेरिका आएका बालबालिकाले नेपाली भाषा बोल्न र लेख्न छाड्दै गएपछि समाजले केही वर्ष देखि नियमित रुपमा नेपाली भाषा पाठशाला संचालन गरेको हो ।


‘विदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नदिन सानैदेखि बालबालिकालाई लक्षित गरि भाषा पाठशाला संचालन गरेका हौ’ समाजका सचिव डा परशुराम दाहालले भने–‘पाठशालाले नेपाली समुदायका बालबालिकालाई सघाउ पु¥याएको अपेक्षा राखेका छौ । उनले यो सिजनको पाठशाला औपचारिक रुपमा सकिएको बताए ।
पाठशालामा भाषा र संस्कृति सिक्न आउने बालबालिकाहरु अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसंग अमेरिका प्रवेश गरेकाहरु नै अधिक रहेका थिए । उनिहरुले राम्रो संग नेपाली भाषा बोल्न सक्दैनन् । झन्डै चार महिनाको यो कक्षामा बालबालिकाले नेपाली भाषा व्याकरण, गणित, वर्णमाला देखि नैतिक शिक्षा र अतिरिक्त कृयाकलापमा नेपाली सांस्कृतिक नृत्य र संस्कृति सिकाईएको थियो ।
विद्यालयमा अंग्रेजी माध्यमको पढाईसंगै अंग्रेजी मात्रै बोलिने भएकाले नेपाली भाषा बिर्सदै गएको चिन्ता अभिभावकमा छ । पाठशालाले धेरैलाई उत्साही बनाएको छ । ‘नेपाली पाठशालाले राहतको अनुभव दिएको अभिभावकहरुको धारणा छ । नेपाली भाषा र सस्कृतिलाई नया पुस्तासम्म जीवित राख्न थालिएको यो अभियानमा नेपाली अभिभावले आफना बालबालिकालाई पाठशालामा पठाउदै आएका छन् ।
अमेरिकाको टेक्सास राज्यमा नेपाली समाज टेक्सासले झन्डै १६ वर्षदेखि नेपाली बालबालिकालाई लक्षित गरि डालस सहरको अर्भिङमा नेपाली भाषा पाठशाला संचालन गदै आएको छ । यो अमेरिकाको पहिलो नेपाली भाषा पढाउने स्कूलको रुपमा समेत चिनिदै आएको छ । पाठशालामा ५ देखि १३ वर्ष उमेर समुहका २ सय जना बालबालिका सहभागि थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected