युएसनेपाल पाेस्ट/टेक्सस

टेक्ससको सिटी अफ अर्भिङ र काठमान्डौको गोकर्णेश्वर नगरपालिका बीच ‘सिस्टर सिटीको’ सम्बन्ध स्थापना हुने भएको छ ।
नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्श ड्यालस टेक्सस च्याप्टरको संयोजनमा यो सम्बन्ध स्थापना हुन लागेको हो । कार्यक्रम सिटी अफ अर्भिङको सभाहलमा हुनेछ ।

यसै सन्दर्भमा डिेसेम्बर १२ तारिख नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्श, ड्यालसको संयोजनमा सिटी अफ अर्भिङ्ग र लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा गोकर्णेशर नगरपालिका काठमान्डौका तीन सदस्यीय प्रतिनिधि मण्डललाई यहा“ स्वागतका लागी विशेष कार्यक्रम राखेको छ ।

सिटी अफ अर्भिङ्ग काउन्सिललको बैठक को अवसर पारेर यो कार्यक्रम राखिएको हो ।
यो स्वागत र भेटघाट कार्यक्रमको मुल उद्देश्य नै गोकर्णेश्व नगरपालिका र सिटी अफ अर्भिङ बीच सिस्टर सिटीको सम्बन्ध स्थापना गराउनु हो, नेपलिज च्याम्बर अफ कमर्श ड्यालसका अध्यक्ष बाल जोशीले भने–‘
यसले दुई देश र नगरपालिकाबा बीचमा सम्बन्ध स्थापना गदै विकासमा पनि टेवा पुग्ने अपेक्षा लिएका छौ ।’
उनका अनुसार भेटघाट पश्चात सिटी अफ अर्भिङ्गको टोली नेपाल भ्रमण वर्ष २०२० अवसरमा नेपाल भ्रमण जाने योजना समेत रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected