युएसनेपाल पोष्ट संवाददाता
चीन– गैरआवासिय नेपाली संघ (एनआरएनए) चीनको हालै ग्वान्जौमा सम्पन्न अधिवेशनले प्रदीप न्यौपानेको अध्यक्षमा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्ष सुशिल बेल्बासे र खुस्बु अग्रवाल, महासचिव यमबहादुर क्षेत्री (ओम), सचिव तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्ष रञ्जिता आचार्य, सहकोषाध्यक्ष बलराम तामाङ (लामा), महिला संयोजक सविता बतौला, युवा संयोजक सुरज न्यौपाने र सदस्यहरुमा तुलसी न्यौपाने, संदिप खनाल, यादव अर्याल, विजय कुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद बेग, मोहन मैनाली, नवराज तिमिल्सना र प्रदिप सिंह निर्वाचित भए । चीनको आइसिसि सदस्यमा भने नविन विक निर्विरोध निर्वाचित भएका छन् ।
यस अघि महाधिवेशनको उघाटन बेइजिङ स्थित नेपाली दुताबासका मिनिस्टर एवं डेपुटी चिफ अफ मिसन सुशिल कुमार लम्सालले गरेका थिए । टिका गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected