नेपाली समाज टेक्ससको चर्को उम्मेदवारी शुल्कको सर्वेत्र विरोध
युएसनेपालपाेस्ट/टेक्सस
यतिबेला टेक्ससमा नेपाली समाज टेक्ससको निर्वाचन नजिकिदै गएको छ । निर्वाचन नजिकिए संगै उम्मेदवारकाे तछाडमछाड पनि सुरु भएको छ । तर आगामी कार्याकालका लागी उठने उम्मेदवारको शुल्कमा एकाएक वृद्धी गरेपछि यहाँका सर्वसाधारण नेपालीले चर्को बिरोध गरेका छन् । सामाजिक संजालमा विरोधका स्वर गुन्जिएका छन् ।
हालै भएको समाजको साधारणसभामा यो शुल्क एकाएक वृद्धि गरिएको हो । अब नया कार्यसमितिको अध्यक्षमा उठन ५ हजार डलर शुल्क तिनुपर्छ । यस अघि यहि पदमा उठन एक हजार डलर भए पुग्थ्यो ।
त्यस्तै उपाध्यक्षमा ३ हजार, महासचिव तथा सचिवमा ३ हजार तथा कोषाध्यक्षमा एक हजार डलर र कार्यसमितिमा ५ सय रहेको छ ।
यस अघि भन्दा यो शुल्क तेब्बर रुपमा बढाइएको छ ।
फोटवर्थका नेपाली व्यवसायी बलराम पोडेलले फेसबुकमा नेपाली समाज टेक्ससको उम्मेदवारी शुल्कको बिरोध गदै लेखेका छन्–हैट कसले कसरी पास ग¥र्यो यत्रो शुल्क ? स्वच्छ भनिएको समाजसेवा पनि पैसा हो त ? नेपालको नेताको ताल जस्तै भो । यस्तो नि समाज सेवा हुन्छ ? उत्तर पाम भन्दै लेखेका छन् ।
राज पोखरेलले लेखेका छन्– अमेरिकामा समाजसेवा कि डलर सेवा, छाड भाई यस्तो समाजसेवा भन्दै फेसबुक कमेन्ट गरेका छन् ।
नेपाली समाज टेक्ससले गरेको चर्को शुल्क वृद्धीको बिरोध गदै धेरैलाई यसलाई एनआरएनए जस्तो महंगो संस्था बनाएको भन्दै सच्चाउन माग गरेका छन् । यो शुल्क बृद्धिमा स्वंय कार्यसमितिका अधिकांश पदाधिकारीहरुको समेत सहमत छैन । यस अघि समाजकै सचिव डा परशुराम दाहालले समेत यसको बिरोध गरेका थिए । यो शुल्क वृद्धिलाई घटाउनु पर्ने भन्दै धेरैले आवाज उठाउदै आएका छन् ।
समाजका अध्यक्ष सुमन थापाले समेत उम्मेदवारी शुल्कमा भएको वृद्धिलाई स्वीकारेका छन् । ‘शुल्क महंगो भएको हाे उनले भने– ‘यस बारेमा हामीले छलफल गरिरहेका छौ ।उनले निर्वाचन कमिटिले यो शुल्क बढाएको बताए ।
समाजको ११ औ कार्यकारी समितिको निर्वाचन यही डिसेम्बर २८ मा हुदैछ ।