अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगको लडाई आफुले जित्ने दाबी गरेका छन् ।
आफु महाअभियोग लगाउने मिति तय भएपछि उनले यो महाअभियोग डटेर सामना गर्ने र आफुले जित्ने बताएका हुन ।
ट्रम्पले ट्वीट गदै भने– राम्रो कुरा के हो भने रिपब्लिकन पार्टी यस अघि कहिल्यै यसरी एकजुट भएको देखेको थिइ, यसैले हामी जित्छौ ।’
अमेरिकाको प्रतिनिधि सभाकी सभामुख नैसी पेलोसीले पनि अब राष्ट्रपति ट्रम्प महाअभियोगको सामना गर्न तयार हुनुपर्छ । २०२० मा हुन लागेको राष्ट्रपति चुनाव जित्नका लागी पदको दुरुपयोग गदै युक्रेनलाई आफनो प्रतिद्धन्द्धी डेमोक्रेटको जाच गर्नका लागी दवाब सृजना गरेको आरोप छ । एक जाच रिपोर्टका अनुसार ट्रम्पले फेरी हुने निर्वाचनमा युक्रेनसंग सहयोग मागेको आरोप छ । उनले आफनो प्रतिद्धन्द्धीको छबि धमिल्याउन युक्रेनसंग वार्ता गरेको आरोप छ ।

अमेरिकी प्रतिनिधि सभा को जाच समितिको रिपोर्टले ट्रम्पले आफनो पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको थियो । उनले २०२० को राष्ट्रपति चुनावका लागी राजनितिक लाभका लागी यसो गरेको बताइएको छ । यसै का लागी ट्रम्पले विदेशी सरकारको कामकाजमा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै उनी माथि महाअभियोग लगाउने पर्याप्त प्रमाण रहेको रिपोर्टको निष्कर्ष  थियाे ।
कानुन सम्मिलत संसदीय समितिले जाँच समितिको रिपोर्टको समिक्षा गर्न सुरु गरेकाे थियाे । जाँच रिपोर्टका अनुसार ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपति चुनाव जित्नका लागी युक्रेनसंग सहायता मागेका थिए । । युक्रेनका राष्ट्रपति र ट्रम्पबीच टेलिफोन वार्ता भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
ट्रम्पले आफनो प्रद्धिन्द्धीको छबि धमिल्याउन युक्रेनसंग मदत मागेको आरोप छ । ट्रम्पले आफना विरोधी र छोराको विरुद्ध जाँच सुरु गर्न माग गरेका थिए ।
वाइट हाउसले भने यी सबै रिपोर्टलाई खारेज गरिदिएको छ । वाइट हाउसले यो रिपोर्टलाई एकतर्फि रुपमा लादेर राष्ट्रपति ट्रम्पलाई घेरा हाल्ने षडयन्त्र मात्र  भनेकाे छ  ।यो एउटा राजनितिक हतास मानसिकता मात्र भएको वाइट हाउसले जनाएको छ ।

 

 

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected