अमेरिका/युएसनेपाल पोष्ट
अमेरिकाको व्यस्त मानिने न्युजर्सि सहरमा मंगलबार दिउसो भएको बन्दुक हमलामा ६ जना मारिएका छन् ।
गोली कान्डमा ३ जना सर्वसाधारण संगै एक प्रहरी अधिकृत र दुई सन्दिगध आक्रमणकारी पनि मारिएका छन् । मारिने प्रहरी अधिकारी जोसेफ सिल रहे पनि अन्यको पहिचान खुलेको छैन । घटनामा दुई प्रहरी अधिकारी समेत घाईते भएका छन् । जर्सि सिटीको दुई फरक–फरक ठाउ“मा गोली चलेको हो ।
न्युजर्सिको कोसेर सुपरमार्केट आसपासमा भएको गोलीबारी घन्टौ सम्म चलेको थियो । प्रहरी र संदिग्ध आक्रमणकारी बीच गोली हानहान भएको प्रत्यक्षदर्शिले जनाएका छन् । घटना सुपरमार्केटको बाहिर भएको थियो । घटना लगत्तै प्रहरीले सुपरमार्केट क्षेत्रलाई नियन्त्रणमा लिएको थियो ।
जर्सि सिटीका प्रहरी प्रमुख माइकल केलीले आक्रमणकारी संग लामो समय सम्म गोली हानहान भएको बताए । उनले के कारणले गोली चल्यो भन्ने बारेमा भने केही बताएका छैनन । मारिने प्रहरी अधिकारीले सन्दिगध आक्रमणकारीहरुलाई सोधपुक्ष र रोक्ने क्रममा गोलीबारीको घटना भएको हुन सक्ने बताएका छन् ।
जर्सि सिटीका सुरक्षा निर्देशक जेम्स सियाले यो गोलाबारीको घटना कुनै आतंकवाद संग नजोडिएको बताए । उनले यो घटनाको गहन जा“च भने हुनु पर्ने बताएका छन् ।
अमेरिकामा गोलीबारीको घटना दिनहु बढे पनि नियन्त्रण हुन सकेको छैन । साता अघि पनि फ्लोरिडाको बायुसेना अड्डामा गोलीबारी हुदा तीन सैनिकको ज्यान गएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...