पोखरा/युएसनेपाल पाेस्ट

दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनशिपमा लैजाने भएको छ । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनशिप एक ग्लोबल कम्पिटिसन हो । जसले विद्यार्थीहरूको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । प्रतियोगीताका तिन तह रहेको छ । प्रतियोगीतामा सहभागी हुन चाहाने जो कोही १३ देखी १८ बर्षको हुनु पर्नेछ । प्रदेश स्तरको परिक्षा सफल गरेकोहरु नेशनल च्याम्पियनशिपका लागि काठमाण्डौ जानेछन् । काठमाण्डौमा पाँचै प्रदेशबाट छानिएका १ सय ५० जना बिच प्रतिस्पर्धा हुनेछ । काठमाण्डौबाट प्रत्येक विधाका २ जना शिर्ष गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको क्यालिवफोर्नीया जाने छन् । विगत १७ बर्ष देखी यस च्याम्पियनशिपमा भैरहेको र सन् २०१९ मा १३० देशका ७ लाख ६० हजार विद्यार्थीहरुले सहभागीता जनाएका थिए । यो प्रतियोगीतामा यस अघि नेपालको भने सहभागीता जनाएको थिएन ।

कम्प्युटर शिक्षा तथा उच्च शिक्षा अध्ययनको क्षेत्रमा कार्य गर्दै आएको पोखराको सृजनाचोकमा रहेको दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दिप कम्प्युटर इन्ष्टीच्युटले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनशिपमा गण्डकी प्रदेशका विद्यार्थीहरुलाई सहभागी गराउने भएको हो । प्रतियोगितामा भाग लिन चाहानेहरुको लागी रजिष्टे«शन भैरहेको दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले जनाएको छ । गण्डकी प्रदेशका ९ जिल्लाको प्रतियोगीतामा सहभागीता हुने निश्चित भएको कन्सल्टेन्सिका सञ्चालक दिनेश लामिछानेले जनाए । २० डिसेम्बर भित्रमा सहभागी विद्यालयको नाम पठाइने उनले जनाए । रिजनल राउण्ड जेठ महिनामा, नेशनल राउण्ड असार महिनामा र साउन १८ देखि २१ सम्म वल्ड च्याम्पियनशिप अमेरिकाको क्यालिफोनियामा हुने लामिछानेले बताए ।

सहभागी हुन चाहानेहरुको लागी आवश्यक तालिमको व्यवस्था पनि कन्सल्टेन्सीले नै गरेको छ । संस्थाले विभिन्न क्षेत्रका जनशक्तीको आवश्यकता पुरा गर्ने हेतुका साथ २५ भन्दा बढी कम्प्युटर कोर्सहरु समेत सञ्चालन गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected