युएसनेपाल पाेस्ट/अमेरिका

अमेरिकामा पछिल्लो क्रममा आप्रवासी प्रति कडाई बढ्दो छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई विभिन्न बहानमा देश निकाल्ने समेत गरेका छन् ।
पछिल्लो साल २०१८ मा अमेरिकामा कानुनी दस्तावेज छलछाम गरेको अभियोगमा १० हजार भारतीयलाई हिरासतमा लिइएको इमीग्रेसन एन्ड कस्टम इफोर्समेन्ट (आइसिई)ले जनाएको छ । त्यस्तै ८ सय ३१ जना भारतीयलाई फिर्ता पठाइएको छ ।
२०१५ मा ३ हजार ५ सय ३२ जनालाई हिरासतमा लिइएकोमा त्यो सख्या २०१८ मा बढेर १० हजार पुगेर तेब्बर भएको छ ।
रिपोर्ट अनुसार २०१६ मा ३ हजार ९ सय १३ तथा २०१७ मा ५ हजार २ सय २२ जनालाई हिरासतमा लिइएको थियो ।
त्यस्तै २०१५ मा ३८७, २०१६ मा ३८७ र २०१७ मा ४७ जना भारतीयलाई फिर्ता पठाइएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected