युएसनेपाल पाेस्ट संवाददाता

रियालिटी शाेकाे बाढी आईरहेकाे नेपालमा अब नेता चुन्ने रियालिटी शाे हुने भएकाे छ ।

। न्यूज २४ टेलिभिजनबाट  द लिडर’रियालिटी शो’  प्रशारण हुने भएकाे हाे ।याे शाेकाे प्रस्तोताको रुपमा रवि लामिछाने रहेका छन् ।

कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।

कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् । याे नेपालकै ठूलाे धनराशी र सुबिधा भएकाे रियालिटी शाे हाे।

देश तथा विदेशमा यसकाे अडिसन हुने जनाईएकाे छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected