टेक्ससको सिटी अफ अर्भिङ र काठमान्डौको गोकर्णेश्वर नगरपालिका बीच थप सम्बन्ध बिस्तार हुने भएको छ ।
गोकर्णेश्वर नगरपालिकाबाट आएका प्रतिनिधि मण्डल र सिटी अफ अर्भिङ प्रतिनिधी मण्डल बीचको भेटपछि सम्बन्ध बिस्तारको खुलासा भएको हो । सिटी अफ अर्भिङका प्रमुख रिक स्टोफरले गोकर्णेश्वर नगरपालिका बीच थप सम्बन्ध स्थापना गर्न आफुहरु इच्छुक रहेको बताएका हुन ।
नेपालबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीको नेतृत्वमा नारायण सुवेदी र रमेश अर्यालको टोली आएको थियो ।


यहा“ आएका नेपालका तीन सदस्यीय टोलीलाई सिटी अफ अर्भिङका प्रमुख रिक स्टोफरले स्वागत गरको थिए ।
नगरपालिकाको आर्थिक र सामाजिक विकासका लागी नेपलिजि–अमेरिकन च्याम्बर अफ कर्मश ड्यालसको पहलमा अर्भिङ सिटी र गोकर्णेश्व नगरपालिकाबीच सिस्टर सिटी को सम्बन्ध स्थापनाका लागी पहल गरेपछि नेपाली टोली यहा“ आएको हो । टोलीले अर्भिङ सहरको महत्वपुर्ण कार्यालयहरुको अवलोकन संगै फोहोरमैला व्यवस्थापना, प्रहरी सुरक्षा, शुद्ध खानेपानीको उचित व्यवस्थापन तथा दमकल र अन्य सहरीविकास सम्बन्धी सुविधाका बारेमा जानकारी लिएका थिए ।
गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधी मण्डलले सिटी अफ अर्भिङका प्रमुख सहित सबै सदस्यहरुलाई नेपाली भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणको निम्तो सहितको पत्र समेत दिएको छ । उक्त अवसरमा नेपाल भ्रमण वर्षको जानकारी गराउदै नेपाली चिनारी ढाका टोपी र बुद्धको मुर्ति अर्भिङ सिटीका प्रमुख लगायत सबै सदस्यलाई प्रदान गरिएको थियो ।दस दिन सम्म गोकर्णेश्वर नगरपालिकाको टोलीले यहा“का विभिन्न नगरहरुको भ्रमण गर्ने योजना समेत रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected