टेक्सस-भारतले नेपालको कालापानी तथा लिपुलेकलाई आफनो नक्सामा पारेको विरोधमा अमेरिकाका नेपालीहरुले राजधानी डिसी स्थित वाइट हाउस अगाडी विरोध प्रदर्शन गर्ने भएका छन् ।
अमेरिकामा रहेका नेपाली सहभागी हुने जुलुस सहितको प्रदर्शन वाइट हाउस अगाडीको लाफेएट पार्कमा विरोध प्रदर्शन हुने भएको हो । नेपाली अखण्डताका निमित्त अमेकिाका विभिन्न राज्यबाट ३ हजार नेपाली सहभागी हुने जनाइएको छ । भोली शनिवार र आइतबार उक्त कार्यक्रम हुन लागेको हो । शनिवार बिहान यसै विषयमा बाल्टीमोर एशोसिएसन को भवनमा नेपाली सिमाको विषयमा बृहत छलफल हुने आयोजक कमिटीका सदस्य बिजयराज भट्टराईले जानकारी दिए । अन्तक्रिया कार्यक्रममा विज्ञको रुपमा बद्रीनाराण श्रेष्ठ बृद्धि तिवारी र गोपी उप्रेतीले छलफलमा सहभागी हुनेछन्
उनका अनुसार यसरी नेपाली सिमा सम्बन्धी यो कार्यक्रम अमेरिकाको अहिले सम्मकै ठुलो हो । आइतबार वाइट हाउस अगाडी नेपालीहरु भेला भएर प्रदर्शन गर्नेछन् । कार्यक्रमको संयोजन वानाका पुर्व अध्यक्ष कुलमणि आचार्यले गरेका छन् ।
लिपुलेक र कालापानीबाट भारतीय सेना हटाउनु पर्ने तथा नेपाली भुमी नेपाललाई फिर्ता गनुृ पर्ने आवाज सर्वेत्र उठेको छ । यही एजेन्डालाई आत्मसाथ गदै अमेरिकाका नेपालीहरुले राजधानी डिसीमा जुलुस सहित प्रदर्शन गर्न लागेका हुन ।
यसै कार्यक्रममा सहभागी हुन नेपाली समाज टेक्ससको तर्फबाट महासचिव भक्त भण्डारीको टोली डिसी प्रस्थान गरिसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected