-तीर्थ श्रेष्ठ
तिमी मात्र आफ्नी भयौ यति ठूलो बिरानीमा
सपनीमा तिमीलाई देख्दा हात पुग्यो सिरानीमा
अधरमा मुस्कान खेल्यो,मनमा खेल्यो काउकुती
ओछ्यानमा हात फैलाइ,तिमीलाई खोजें यताउती
जस्तो सपना देखें मैले देख्यौ कि त तिमीले पनि
मेरै जस्तो सिरानीमा हात पुग्यो कि तिम्रो पनि
काख तिम्रो शीर मेरो कस्तो मीठो स्वाद थियो
जिन्दगीमा भुल्नै नसकिने कस्तो मीठो याद थियो
तिमी हामी मरे पनि बाँचिरहनेछौं कहानीमा
देख्यौ भने सपनीमा हात पुगोस सिरानीमा
(श्रेष्ठ लाेकप्रिय कवि तथा संस्कृतकर्मि हुन )
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...