अमेरिका–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु विरुद्ध महाअभियोग लगाइनु उचित नभएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आफुले केही गल्ती नगरेको र आफनो नेतृत्वमा देशले राम्रो रुपमा अघि बढीरहेकोले महाअभियोग लगाउनुको कुनै अर्थ नरहेको बताए । उनले ट्वीट गदै भने–‘मैले कुनै गलत गरेको छैन, यसैले म विरुद्ध महाअभियोग लगाइनु उचित छैन ।’
उनले डेमोक्रेटिक घृणाको पार्टि बनेको बताउदै यो हाम्रो मुलुकका लागी ज्यादै नराम्रो कुरा भएको बताए ।
उनले महाअभियोग लाई छलकपट र राजनितिक स्वार्थले प्रेरित रहेको बताउदै आएका छन् ।

ट्रम्पले २०२० को चुनाव प्रभावित पार्नृ आफनो प्रतिद्धन्द्धीको छवी धमिल्याउन युक्रेनसंग गैरकानुनी मदत मागेको आरोप छ ।
अमेरिकाको प्रतिनिधीसभामा डेमाक्रेटिक पार्टिको पुर्ण बहुमत छ । प्रतिनिधि सभाले महाअभियोग पारित गरेपछि थप कार्वाहीका लागी अमेरिकी सिनेटमा अगाडी बढ्छ । सय सदस्यीय अमेरिकी सिनेटमा भने रिपब्लिकन पार्टिको बहुमत छ ,।
अमेरिकाको तल्लो सदन को हाउस अफ जुडीसियरी कमिटीले शुक्रबार उनी विरुद्धको महाअभियोग प्रस्ताव पारित गरेको छ ।
४० सदस्य मध्ये २३ जनाले प्रस्तावको पक्षमा र १७ जनाले विपक्षमा मतदान गरेका थिए । कमिटीमा ४० जना सदस्य रहेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected