अव नेपाली समुदायलाई आफनो भाषामा कानुनी परामर्शका लागी डयालस तथा फोर्टवर्थ क्षेत्रमा सहज हुने भएको छ ।
युलेस टेक्सस निवासी सृजना शर्मा पोखरेलले युलेसको हाइवे–१० मा रहेको बर्गेन्डी टावरमा कानुनी परामर्श सेवा सुरु भएको हो ।
यसरी संचालनमा आएको सेवाले समस्यामा परेका नेपालीहरुलाई आफनै भाषामा कानुनी परामर्शका लागी सजिलो हुने भएपछि सर्वसाधारण नेपालीहरु उत्साही भएका छन् ।
कुनै पनि कानुनी समस्यामा परेका नेपालीहरुका लागी अब आफनै भाषामा परामर्श लिन पोखरेलले संचालनमा ल्याएको सेवाले सजिलो हुनेछ ।
‘कानुनी परामर्श संगै क्लाइन्टको आवश्यकता अनुसार वकीलको व्यवस्था समेत गर्नेछौ– पोखरेलले भनिन– ‘भाषाका कारण कोही पनि नेपाली समस्यामा नपुरुन भनेर यो सेवा सुरु गरेका हौ ।’
उनका अनुसार समस्यामा परेका हरेक नेपालीका कानुनी बाधा अडचनलाई हामी सहज ढंगले परामर्श दिने प्रयास गर्नेछौ
अमेरिका स्थित एस एम यु युनिभर्सिटीबाट एलएलएम गरेकी पोखरेलले यस अघि नेपालमा रहदा ल फार्म खोलेर वकालत गदै आएकी थिइन । उनले लामो समय देखि युलेस सिटी अफिसमा सम्पर्क अधिकृतको रुपमा स्वयंसेवी भएर पनि काम गर्छिन् । आप्रवासी महिलाको हक हितमा काम गदै आएकी सृजनाले कानुन विषयमा अंग्र्जी भाषामा दुई पुस्तकक पनि लेखेकी छिन् । कानुनी विभिन्न संघ संस्थाम कृयाशिल सृजना नेपाली मन्दिर बोर्ड अफ ट्रस्टीको सचिव पनि हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected