काठमान्डाै-चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष तथा अभिनेता केशव भट्टराईको आइतबार राती हदयघातबाट निधन भएको छ ।
५१ वर्षीय भट्टराईको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनले नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको छ । सामाजिक संजालमा उनको दुख्द निधनको खबरले भरिएको छ । भट्टराई २०७५ चैत ४ गते मन्त्रिपरिषदले चलचित्र विकास बोर्डमा नियुक्त गरेको थियो ।
स्वर्गीय भट्टराई विभिन्न नेपाली सिनेमा अभिनय गर्नुृका साथै केही सिनेमा समेत निर्माण गरेका थिए ।
उनी कोसेलीबाट नेपाली सिनेमामा उदाएका थिए । उनले आफनो मान्छे, ठुलदाई, चिनो, दक्षिणा लगायत थुप्रै सिनेमामा अभियन गरेका थिए । उनले देवरबाबु, छोडी गए पाप लाग्ला, यात्रा लगायत केही सिनेमाको समेत निर्माण गरेका थिए । भट्टराईको श्रीमति र एक छोरा रहेका छन् । उनी लामो समय देखि नेपाली सिनेमा अभिनय र निर्माणमा सक्रिय रहदै आएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected