मिचिएको नेपाली भूमि फिर्ता माग्दै डिसी क्षेत्रमा उर्लिए नेपाली

अमेरिका-भारतले नेपालको सिमा मिचेको विरोधमा आईतबार डिसी क्षेत्रमा नेपालीहरुले भारत विरुद्ध चर्का नाराबाजी गदै विरोध प्रदर्शन गरेका छन् ।
नेपलाीहरुले गो ब्याक इन्डिया, कालापानी लिपुलेक हाम्रै हो, हाम्रो जमीन फिर्ता जस्ता प्लेकार्ड बोकेर नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन ।
विरोध प्रदर्शनमा आसपासका विभिन्न राज्यबाट नेपाली पोशाक र नेपाली झण्डा बोकेर भेला भएका नेपालीहरुले प्रदर्शन गरेका थिए ।
अमेरिकी राष्ट्रपति निवास रहेको वाइट हाउस अगाडी अवस्थित लाफायट पार्कमा नेपालीहरु जमघट भएर प्रदर्शन गरे । प्लेकार्ड बोकेर ¥यालीमा सहभागी हुदै भारतीय दुताबासको नजिक पुगेका थिए । नेपाली झण्डा सहित प्लेकार्ड बोकेर हिडेका नेपालीहरु देखेर विदेशीहरु समेत चाख मानेर हेरिरहेका देखिन्थे ।
नेपाली अखण्डताका निमित्त अमेकिाका विभिन्न राज्यबाट हजार भन्दा बढी नेपाली सहभागी भएको जनाइएको छ । अघिल्लो दिन शनिवार बिहान बाल्टीमोर एशोसिएसन को भवनमा नेपाली सिमाको विषयमा बृहत छलफल भयो । अन्तक्रिया कार्यक्रममा विज्ञको रुपमा बद्रीनाराण श्रेष्ठ बृद्धि तिवारी र गोपी उप्रेतीले छलफलमा सहभागी थिए । यसरी नेपाली सिमा सम्बन्धी यो कार्यक्रम अमेरिकाको अहिले सम्मकै ठुलो हो । कार्यक्रमको संयोजन वानाका पुर्व अध्यक्ष कुलमणि आचार्यले गरेका हुन ।
लिपुलेक र कालापानीबाट भारतीय सेना हटाउनु पर्ने तथा नेपाली भुमी नेपाललाई फिर्ता गनुृ पर्ने आवाज सर्वेत्र उठेको छ । यही एजेन्डालाई आत्मसाथ गदै अमेरिकाका नेपालीहरुले राजधानी डिसीमा जुलुस सहित प्रदर्शन गरेर सम्बन्धीय निकायको ध्यान आकृष्ट गराए
यसै कार्यक्रममा सहभागी हुन नेपाली समाज टेक्ससको तर्फबाट महासचिव भक्त भण्डारीको टोली डिसी प्रस्थान गरेका थिए ।