अमेरिका–अमेरिकाको फलोरिडामा एउटा अनौठो चोरीको घटनाले यतिबेला यहाँको संचारमाध्यमले स्थान पाएको छ ।
कुनै पनि अपराधीले चोरी डकैती गरेपछि उ प्रहरीको डरले भाग्ने गर्छ । तर यहा भने त्यस्तो हैन । हालै भएको एक घटनामा एक जना डकैतले कार चोरर स्वयं आफैले पुलिसलाई फोन गर्छ । कार चोरेपछि उसले पक्राउ गर्नका लागी प्रहरीलाई फोन गर्छ र सम्बन्धीत ठेगानामा बोलाउछ । आफुले बोलाएको दोस्रो पटक सम्म पनि पुलिस आउदैन । तेस्रो पटक फोन गरेपछि प्रहरी आउछ र उसलाई पक्राउ गर्छ ।
थामंश काउन्टी प्रहरी अधिकारीहरुले २९ वर्षीय कार चोरी गर्ने राशेड लैंकफोर्डलाई अल्कोहल पसलमा आएर गिरफतार गर्छ । बोस्टनबाट करीब २० किमी दुरीमा रहेको उक्त पसलमा आएर प्रहरीले उसलाई पक्राउ गरह्याे
पकाउ गरिएका ति युवकले आफुले अल्कोहल पसल तोडफोड गरेर बियर समेत चोरी गरेको प्रहरी सामु बताएका छन् । दुई पटक सम्म कार चोरेर प्रहरीलाई खबर गरेपनि प्रहरीले पत्ताएनन । तेस्रो पटक पनि उसले फाने गरेर प्रहरीलाई पक्राउ गर्न भनेपछि भने उ पक्राउ पर्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected