शिव शर्मा

टेक्सस–अमेरिकाको एटलान्टामा नेपाली आमा रमा महर्जनबाट  जम्ल्याहा नवजात शिशु ) जन्मिएका छन् ।
असामान्य अवस्थामा अस्पतालमा जन्माएका चम्ल्याहा सबै छोरी हुन । यसरी जन्मिएका शिशुहरुको रेखदेख, पालपोषण र दैनिक आवश्यकता परिवर्तनमा कठिनाई हुने देखेपछि सहयोगको याचना गरिएको छ ।
एटलान्टाको ग्रेण्डी अस्पताल तौल कमी भएपछि चारै नानीहरुको रेखदेख र उपचार भइरहेको छ ।
३२ वर्षिया रमा महर्जनले जन्माएकी चार नानीहरुको रेखदेख देखि पालनपोषणमा पति बिजय महर्जनको सानो कमाईले संभव नभएपछि एटलान्टामा रहेको नेपाली सांस्कृतिक संघ तथ जर्जिया नपाली संघले महर्जन परिवारलाई सहयोगका लागी आव्हान गरेको हो ।
यी साना नानीहरुलाई हुर्काउन बढाउन, घर हेरचाह गर्ने कामदारलाई भुक्तानी गर्न तथा दैनिक आवश्यकता पुर्तिका लागी विजय एक्लैको फास्टफुट पसलको मजदुरीले संभव नभएपछि सहयोगका लागी जर्जिया समाजले सहयोग गर्न आग्रह गरेको हो ।
रमाले चौगुना समय अगाडी नै चार नानीहरुलाई जन्मदिएपछि उनिहरुको तौल समेत असमान्य थियो । तिन नानीहरुको तौल २.१ एलबी देखि १.१ एलबीका नानीहरुको अहिले अस्पतालमै डाक्टर तथा नर्सले हेरचाह गरिरहेका छन् । तौल कमका कारण गत अक्टोबर २४ मा जन्मिएका यी चार नानीहरुको अस्पतालकै एनआइसियुमा राखेर उपचार भइरहेको छ । अस्पतालको सि सेसनमा शिशुरुको जन्म भएको हो ।
दिनप्रतिदिन नानीहरुको शारीरिक अवस्थामा सुधार आउदै गरेकोले अब डाक्टरले चारै जना नानीहरुलाई पालै पालो अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिरहेको बाबु विजय महर्जनले बताए ।
अस्पतालबाट डिस्जार्च भएपछि चार जनाको हेरचाह गर्नमा पनि ठुलो चुनौती छ’ बाबु महजर्ननले भने–‘म एउटाको कमाईले बच्चाहरुको दैनिक आवश्यकता देखि पालनपोषणमै समस्या हुनेछ ।’

सामान्य अवस्थामा समेत रहेका चार नानीहरुलाई देखभाल गरेर यो अवस्था सम्म ल्याउने अस्पतालका डाक्टरहरुलाई उनले धन्यवाद दिएका छन् । अस्पतालका अनुसार चारै जना नानी शिशुहरु दिनदिनै शारीरक रुपमा सबल बनिरहेका छन् । दिनदिनै नया माइलस्टोनहरु बृद्धि गदैछन् नानीहरुले । अहिले आमा रमालाई चार जना बच्चा एक साथ रुदा कसरी कहा“बाट फकाउन सुरु गर्ने भन्ने अन्यौल छ ।
चार जना नानीहरुलाई हुर्काउने एउटा उच्च कामको यी दम्पत्तिले सामना गरिरहेका छन् । यी सुन्दर नानीहरुका लागी आवश्यक आपुर्तिहरु खरिद गर्न, घर हेरचान गर्ने कामदारलाई भुक्तानी गर्न यी दम्पत्तिलाई यतिबेला सयोग चाहिएको छ । एउटा फास्टफुड रेष्टुरेन्टमा काम गदै आएका पति महर्जनको आम्दानीले यो सबै थेग्न अवस्था नरहेकालो नेपाली समाज जर्जीयाले सहयोगका लागी सबै संग आग्रह गरेको हो । सहयोग गर्न चाहनाले नेपाली समाज जर्जिया र नेपाली सांस्कृतिक केन्द्र एटलान्टा संग सम्पर्क गर्न सक्नुहुनेछ ।

झण्डै ४५ दिनको अस्पताल बसाई पछि अब महर्जन परिवार केही दिनमा चार नानीहरु अस्पतालबाट लिएर घर जानेछन ।

https://charity.gofundme.com/donate/project/maharjan-quadruplets-fund/damudongol

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected