अमेरिका–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगलाई अबैध भन्दै त्यसले आउदो चुनावमा केही फरक नपर्ने जिकिर गरेका छन् ।
उनले विपक्षी डेमोक्रेटीक पार्टिले सरकारलाई ढलाउन र लोकतन्त्रको विरुद्ध युद्ध गर्न खोजेकोले त्यो सफल नहुने बताए ।
उनले आफुलाई राष्ट्रपतिबाट हटाउन युक्रेनका जोसेफ बिडेनका विरुद्ध जाचको सहारा लिइरहेको समेत आरोप लगाए ।
सभामुख नेंसी पेलोसीले उनलाई लेखेको पत्रमा राष्ट्रपति ट्रम्पले टिप्पणी ग¥दै यसो भनेका हुन । सदनमा ट्रम्पलाई लगाइएको महाअभियोगको बहस चलाइरहेका छन् । ट्रम्पलाई लेखिएको ६ पेज लामो पत्रमा उनले महाअभियोग जा“चका लागी आपत्ती जनाएका छन् ।

ट्रम्पले नेन्सी, डेमोक्रेटिक सासद बिडेन र एफबिआईलाई हमला गदै भनेका छन्–तिमीहरुको महाअभियोग प्रस्ताव पुर्ण रुपमा असफल हुन्छ । उनले सभामुखी नेसीलाई प्रतिनिधी सभालाई भेदभावको क्षेत्र बनाएको समेत अराोप लगाएक ाछन् । उनले आफु प्रति व्यक्तिगत रिस भावका कारण यस्तो गरेको बताए ,। उनले आफुलाई सत्ताबाट हटाउन गरिएको यो जालझेलले आउदो २०२० को चुनावमा केही फरक नपर्ने समेत चुनौती दिए । उनले यो महाभियोग प्रस्ताव पुर्ण रुपले असफल हुन्छ यसमा कुनै शंका नभएको दोहाराएका छन् ।
प्रतिनिधी सभामा ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छैन । यो भन्दा अघि नै उच्च सदन सिनेटछबाट यसलाई रोक्ने संकेत देखिएको छ । सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected