जस्तो कर्म गर , उस्तै फल भोग्नु पर्छ । त्यसै गरी अरु माथी जस्तो व्यवहार ग¥यो आफुले पनि त्यस्तै व्यवहार भोग्नुपर्छ भन्ने आशय बोकको छोटो चलचित्र कर्माले पनि यतिबेला चर्चा बटुलेको छ ।
हालै मात्रै युट्युबबाट रिलिज भएको चलचित्रले चार विद्यामा फिल्म अर्वाड समेत जितेको छ । मिम नेपालको आधिकारिक च्यानलबाट रिलिज भएको चलचित्रले अमेरिका आएर दुख गरेर सफलता पाउने र अर्को थरी कुलतमा लागेर अपराध गर्ने प्रवृत्तिलाई देर्खाएको छ । नेपालमा लामो समय सिनेमा क्षेत्रमा लागेको केदार उप्रेतिले निर्देशन र निर्माण गरेको सिनेमाको सम्पदान, मिक्सि तथा कलरिङ सुरेन्द्रमान सिंहको रहेको छ ।


चलचित्रमा अभिनेता गणेश उप्रेती, नयनराज पाण्डे, अमेरिकन कलाकार एलिसिया, प्रकाश शर्मा, सुमित पान्डे, प्रकाश उप्रेती,, प्रविस श्रेष्ठ लगायतले अभिनय गरेका छन् । चलचित्र, निर्देशन, स्कृप्ट तथा कलरिङमा उत्कृष्ट फिल्म अर्वाड समेत जितेको सिनेमा अमेरिकामा निर्माण भएको हो ।
‘दस मिनेटको छोटो समयमा सबै कुरालाई एक साथ समेटन सकिएको छैन’ निर्देशक केदार उप्रेतिले भने– ‘यो समयमा धेरै कुरालाई देखाउने कोसिस केही हद सम्म गरेका छौ ।

भिडियोको लिंक तल छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected