अमेरिकी– डोनाल्ड ट्रम्प अमेरिकाको तेस्रो राष्ट्रपति हुन जसले महाअभियोगको सामना गरिरहेका छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट लगाइएको महाअभियोग अब माथिल्लो सदमा प्रवेश गदैछ । माथी सदनले नै निक्यौल गर्नेछ उनी राष्ट्रपति रहने र नरहने बारेमा । तर महाअभियोग लागेर अमेरिकी इतिहासमा कोही राष्ट्रपति पदमुक्त भएका छैनन ।
तल्लो सदनले ट्रम्पले शक्तिको दुरुपयोग र कग्रेसलाई अवरुद्ध तुल्याएको पक्षमा मतदान भएको छ । यसरी भएको मतदानमा महाअभियोग लगाउने पगमा २३० र विपक्षमा ११७ परेको छ ।
सिनेटमा आफनो बहुमत रहेकाले पनि डोनाल्ड ट्रम्प यसमा हच्केका छैनन । उनले महाअभियोग प्रमाणति गरेर देखाउन चुनौती दिएका छन् ।
तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा भएको मतदान अनुसार उनको विरुद्ध महाअभियोग लगाउने प्रस्ताव पारित भएपछि उनले डेमोक्रेटलाई जे गर्नुछ छिटो गर्न चुनौती दिएका छन् । ट्रम्पले ट्वीट गदै भनेका छन्– मलाई छिटो महाअभियोग लगाइयोस । मेरो विरुद्ध केही प्रमाण नभएकाले डेमोक्रेटले ढिलो गरिरहेको छ ।
उनले महाअभियोग चलाउन डेमाक्रेटसंग कुनै प्रमाण नभएको बताउदै उसले आफनो भ्रष्ट नेताहरुलाई बचाउन चाहिरहेको छ ।
उनले भने–‘कोर्ट वकील सबै तयार छ फेरी महाअभियोग चलाउन किन ढिलो भइरहेको छ ।? उनले सभामुख न्यान्ँसी पेलोसी यसमा डराई रहेको र आफनो नेता फस्छन् कि भन्ने चिन्ता उनलाई छ ।
ट्रम्पले २०२० को चुनावका लागी प्रतिद्धन्दी डेमोक्रेटको छवि बिर्गान युक्रेनसंग गैरकानुनी मदत मागेको आरोप छ । वाइट हाउसले यो सबै आरोपको खण्डन गरिसकेको छ । यस अघि अमेरिकी राष्ट्रपति एन्डु जोन्सन र बिल क्लिन्टलाई महाअभियोग लागेको थियो । ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा प्रवेश गदैछन् । सिनेटमा रिब्लिकनको बहुमत रहेकाले पारित हुने संभावना ज्यादै न्युन छ । यसले पनि ट्रम्प राष्ट्रपति पदबाट हटने संभावना ज्यादै न्युन छ । यस अघि पनि महाअभियोग लागेर राष्ट्रपति पदबाट कोही हटेको छैन ।
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्ँसी पेलोसिले राष्ट्रपति ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागी खतरनाक भएकलो उनलाई महाअभियोग लगाउनु बाहेक अर्को विकल्प नभएको बताएकी छिन् ।

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected