अमेरिकामा सुरजको लडेर हातखुट्टा नचलेपछि उपचारकालागी सहयोग आव्हान

टेक्सस–सुनौला सपना बोकेर अमेरिका आएका २३ वर्षिय सुरज खडकाको यतिबेला अकल्पीय घटनाले थलिएका छन् ।
अमेरिकाको केन्टकी राज्य स्थित साउदर्न युनिभर्सिटीमा कम्पयुटर साइन्स पढदै गरेका उनी घरकै कोठामा अचानक लडेपछि थलिन पुगेका हुन । आफनै बैठक कोठाको मेचमा अल्झिएर लडेपछि उनी भुईमा पछारिए । लडेपछि उनका हात खुट्टा नै चलेनन ।
तत्काल उनलाई अस्पताल त पु¥र्यायो । अस्पतालले उनको मेरुदण्डमा गंभीर चोट लागेको लागेको बताएपछि उनको जीवनमा यस्तो मोड आयो । उनको अस्पताले शल्यक्रिया गरेपछि अहिले हात त बिस्तारै चल्न थालेको छ । तर खुट्टा चल्दैनन । अहिले सुरजलाई रिहाबमा राखेर खुट्टाको थेरापी गराइएको छ ।
अध्ययनको सपना बोकेर अमेरिका आएका सुरजलाई आइपरेको यो दुखले उनको अभिभावकमा समेत चिन्ता परेको छ । अझै कति समय उनको उपचारमा लाग्ने हो पत्तो छैन । अमेरिकमा उनको आफनो भन्नु कोही छैन । यो घटनाले झनै उनलाई एक्लो भएको महसुस भएको छ । यो पीडामा मल्हम लगाउने सहयोगी हातहरुको यतिबेला उनलाई खाचो छ । नेपाल समाज अमेरिका केन्टकीले उनको उपचार लगायत अन्य सहयोगका लागी सबै अमेरिकाबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई आव्हान गरेको छ ।
काठमान्डौ बुढानिलकन्ठका स्थायी बासिन्दा विद्यार्थी भिसामा अमेरिका आएका थिए । उनको कम्पयुटर साइन्सको पढाई सकिने अवस्थामा थियो । अन्तिम सेमेस्टरको तयारी गर्दा गदै उनी माथि यस्तो बज्रपात आइलाग्यो । घटनाले कतै उनको सपना नै चकनाचुर हुने त हैन भन्ने चिन्ता उनमा छाएको छ । यस्तो पीडामा उनलाई साथ र सहयोग गरिदिन सबै नेपाली समुदायले आव्हान गरिएको छ ।
://charity.gofundme.com/o/en/campaign/student-suraj-khadka-treatment-and-support/ram-c-shrestha?utm_campaign=ocdonate&utm_medium=facebook&utm_source=crowdrise