टेक्सस–अमेरिकामा अब २१ नपुगी चुरोट संगै सुर्तिजन्य बस्तु किन्न नपाइने भएको छ । यो नियमले टिनएजरलाई कडा नियममा बा“धी दिएको छ । अमेरिकी संसदले चुरोट तथा सुर्तिजन्य बस्तु खरिदका लागी यस्तो नियम परिवर्तन गरेको हो ।
यस अघि यी बस्तुहरु किन्न १८ वर्ष पुगेको हुनु पथ्र्यो । तर अहिले आएर यो उमेरको हद बढाएर २१ पु¥याइदिएको छ । अमेरिकामा टिनएजरका लागी यो नया विधेयक पारित गरिएको छ । यो विधेयक संगै अब २१ वर्ष उमेर भन्दा तलका लागी अब यस्ता बस्तु विक्री गर्न पाइने छैन ।
यो कानुन परिवर्तका लागी अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर मात्र बाकी छ । उनले हस्ताक्षर गरेपछि यो नियम लागु हुनेछ ।
अमेरिकाको एक तथ्याङक अनुसार चुरोट चुरोट सेवन गर्ने स्कुले छात्रछात्राहरुको सख्या करोडौ रहेको छ । यो नियमले सुर्तिजन्य उत्पादन तथा यसको लतमा लागेका धेरै विद्यार्थीहरुको सख्यामा कमी आउने विश्लेषकहरुले अनुमान गरेका छन् ।
केंटकीका रिपब्लिकन मिच मैककानेलले गत अप्रिल देखि कानुन परिवर्तनका लागी वकालत सुरु गरेका थिए । उनले किशोरहरुमा धुम्रपानको लत हटाउनका लागी यो प्रयास सुरु गरेका हुन ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...