टेक्सस– यतिबेला नेपाली समाज टेक्सस (एनएस्टी) को आसन्न निर्वाचनको चर्चा चलिरहेको छ । यसका लागी समाज त्यसको गृहकार्यमा जुटीसकेको छ । भावी अध्यक्ष को हुने भन्नेमा धेरैको चासो र सरोकार रहदै आएको छ । वर्तमान अध्यक्ष सुमन थापा नै आगामी नया कार्यकालको अध्यक्ष बन्ने संभावना छ ।
भावी अध्यक्ष पनि सुमन थापा नै हुने जस्तोमा धेरैको सहमति रहेको नेपाली समाज टेक्सस स्रोत बताउछ । वर्तमान कार्यकाल राम्रोसंग हाकेकै कारण उनलाई पुनः अध्यक्षमा ल्याउने धेरैको सहमति देखिन्छ ।
‘सकेसम्म हामी सर्वसम्मत रुपमा नया कार्यसमिति बनाउदैछौ, चुनाव नगर्नेमा नै हामी धेरै सहमतिमा पुगेका छौ’ अध्यक्ष थापाले भने–सबैलाई मिलाएर आगामी कार्यकालको कार्यसमितिलाई पुर्णता दिन लागीरहेका छौ ’। उनले आफु पुनः अध्यक्ष नै हुने भन्ने बारेमा राखिएको जिज्ञासामा साथीहरुको सल्लाह र राय अनुसार नै यसमा सहमति राख्नेछु, साथीहरुले अध्यक्षमा प्रस्ताव गरेमा आफु तत्पर रहने बताए ।
अहिले आगामी कार्यकालको नया कार्यसमितिका लागी छलफल र सहमति प्रयासका लागी बैठक बसीरहेको छ । पुराना र केही नया अनुहार थपेर मिलाएर नया समितिको करीब– करीब सेटिङ बनिसकेको नेपाली समाज टेक्सस स्रोत बताउछ । सहमतिमै छलफल चलीरहेकोले आगामी नया कार्यकालका लागी चुनाव हुने संभावना भने ज्यादै न्युन छ ।
समाजको ११ औ नया कार्यकारी समितिको निर्वाचन आउ“दो शनिवार २८ गते हुदैछ । अहिले निर्वाचनको संघारमा सदस्यता नविकरण र नया सदस्य बन्ने क्रम चलीरहेको छ । सदस्य बन्ने समयसिमा शनिवार १२ बजेपछि सकिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected