टेक्सस–अमेरिकाको शिकागोको दक्षिण क्षेत्रको एक घरमा चलिरहेको पार्टिमा आइतबार अन्धधुन्ध गोलबारी हुदा १३ जना घाइते भएका छन् ।
घाइते मध्ये चार को अवस्था गंभीर रहेको जनाइएको छ । प्रहरीका अनुसार गोलीकान्डको घटना ५७ स्ट्रीट क्षेत्रमा भएको थियो । स्थानिय एक ५७ वर्षिय पुरुषले अन्दाजी ५–६ वटा गोली चलेको आवाज सुनेका थिए ।
बन्दुकधारीले भीडलाई लक्षित गरी धेरै जनालाई गोली हानेको बताईन्छ । गोली चल्नुको कारण केही खुलेको छैन । प्रहरीले गोली हान्ने व्यक्तिको व्यापक खोजी गरिहेको छ । घटनामा घाइतेहरुसंगँ सोधपुक्ष गरिरहेको छ ।
अमेरिकामा पछिल्लो क्रममा गोलबारीका घटनाहरु दिनदिनै बढीरहेका छन् । विशेष गरी भीडभाड विद्यालय तथा चर्चमा यस्ता घटनाहरु हुदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected