टेक्सस– नेपाली समाज टेक्सस (एनएस्टी) को आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामा अध्यक्षमा दिनेश शर्माको मात्रै उम्मेदवारी परेको छ । उनी पेशाले आइटी का जागीरे हुन ।
उनको मात्र उम्मेदवारी परेपछि नेपाली समाज टेक्ससको २०२०–२२ को अध्यक्ष उनी हुने पक्का भएको छ । औपचारिक घोषणा मात्र हुन बाकी छ ।
औपचारिक रुपमा घोषणा नहुदै अविर लगाएर उनले मिडियामा अन्तर्वाता दिएको भन्दै सामािजक संजालमा धेरैले आलोचना गरिसकेका छन् ।
यस अघि सुमन थापा नै अध्यक्ष हुने चर्चा चले पनि उनले अध्यक्षमा मनोनयन पत्र दाखिला गरेनन ।  नया कार्यकालमा लागी आउँदो २८ गते निर्वाचनको मिति तोकिएको छ । तर सबै पदमा एक भन्दा बढी उम्मेदवारको मनोनयम नपरेपछि निर्वाचन हुने संभावना टरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले, सचिव  नारायण खड़का, काेषाध्यक्ष मधुर खरेल र सहकाेषाध्यक्ष विवेक कडेलले मनाेनयन दर्ता गराए । सदस्यमा पाँच जनाकाे मनाेनयन परेकाे छ ।

यस पटक नेपाली समाज टेक्ससमा सदस्य बन्नेहरुको संख्यामा गत वर्ष भन्दा कमी आएको छ ।  पहुँचवाला मात्र नेतृत्व तहमा पुग्ने चालबाजीले शुल्क महंगो बनाएको सर्वसाधारणले गुनासाृे गरेका छन् । यस पटक सबै गरेर ११३४ जना सदस्य बनेका छन् । अघिल्लो वर्ष १७ सय भन्दा बढी सदस्य थिए ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected