घडी खराबीले ६ दिन अगाडी नै फलोरिडामा उर्तियो मानवरहित अन्तरिक्षयान
टेक्सस–बोइंगको नया मानवरहित अन्तरिक्षयानको स्टारलाइटर घडीमा समस्या आएपछि ६ दिन अगाडी नै फ्लोरिडामा उर्तिएको छ । घडीमा समस्या आएपछि यो यान अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रसम्म पुग्न नसकेपछि धरतीमा अवतरण गरेको हो ।
अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले प्रसारण गरेको तस्विरका अनुसार यान रातको समयमा सुरक्षीत अवतरण गरेको छ । यो भन्दा अगाडी तीन पेरासुटको सहयोगले गति कम भइ र एयरबेग पनि राम्रोसंग खुल्न पुग्यो ।
यो अन्तरिक्ष यान गत शुक्रबार फलोरिडाको केप केनेवरलबाट पक्षेपण गरिएको थियो । प्रक्षेपण गरिए पनि सक्रिय हुन सकेन । यो अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र सम्म जना सकेन । समुन्द्र सतहबाट ४ सय किमी उचाईमा रहेको अंतरिक्ष केन्द्रको पृग्थीको कक्षमा मात्रै यो यानले चक्कर काटेको थियो । यो यान २ सय ५० किलोमिटरको उचाई भन्दा माथि पुग्न सकेन ।
बोइगका अन्तरिक्ष एवंग प्रक्षेपण विभागका वरिष्ठ उपाध्यक्ष जिम चिल्टनले पत्रकारहरुलाई हामीले घडीको गलत समयमा उडान सुरु गर्यो । उनले स्टालाइटरको यो असफलता बोइंगका लागी एउटा ठुलो झटका भएको उनले बताए । बोइगको ७ सय ३७ मैक्सको दुई ठुला विमान दुघटना अहिले सम्म उब्रिन सकेको छैन ।
यो बोइगको यस अघि दुई ठुला घटनाहरु भएका छन् । जुन २०१८ मा इन्डोनेसियामा र २०१९ मार्चमा इथोपियामा भएको दुर्घटनामा ३सय ४६ जनाको मृत्यु भएकाृे थियो । अहिले बोइगले आउ“दो जनवरीदेखि ७ सय ३७ मैक्स विमान उत्पादन बन्द गर्ने योजना बनाइरहेको छ ।
एजेन्सी