लोकप्रिय गीतकार सुक गुरुङ रहेनन

टेक्सस– लोकप्रिय गीतका गीतकार सुक गुरुङको आइतबार बिहान पोखराको चरक अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको छ ।
लामो समय देखि बिरामी रहेका गुरुङको निधनले नेपाली गीत संगीत क्षेत्रले एउटा अपुर्णनिय क्षति ब्यहोरेको छ ।
राजु लामाले गाएकाे भाईटिकामा भेटन आउला,अरुण थापाले गाएको दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आखाको आसु, नेपथ्यका गायक अमृत गुरुङले गाएको छेक्यो–छेक्यो देउराली डाडा हुस्सु कुइरोले, शर्मिला वर्देवा र रविन श्रेष्ठले गाएको आ“खैमा झलझली हितको दोतरी, राजु लामाले गाएको भाइटिकामा भेट्न आउला विदाई छ आजलाई ,इश्वर अमात्यको स्वर रहेको म भएर के भो तिमी साथ छैनौ भने, डिबी चक्रधरले गाएको दोबाटोमा आ“खाहरु नजु“धेको हैन’ लगायत उनले लेखेका दर्जनौ गीत चर्चित मानिन्छन् ।
गुरुङ पेशाले भिडियो सम्पादक थिए । उनले एनलक सिस्टममा भिडियो सम्पादकको रुपमा लामो समय काम गरे । श्रीमति र दुई छोराका बाबु गुरुङले आफनो बाल्यकाल पोखरामै बिताए । अरुण थापा अमृत गुरुङ भिम पुन, पुथ्वीमान गुरुङ, विनोद गौचन, लगायतका दौत्तरी पाए । पोखराको रामबजारमा ०३५–०३६ सालतिर भञ्ज्याङ झंकार परिवारमा आवद्ध उनी सहित नेपथ्यका अमृत गुरुङ र भिम पुनले नाटक तथा भैलो गीत गाउदै हिडथे । स्कुले जीवनबाट हार्मोनियम, गीतार बजाउदै गुरुङले गीतहरु लेख्न थालेको बालसखा भिम पुन बताउछन् ।गुरुङको पहिलो पटक ०४७ सालमा मिरा राणाले गाएको आमाको पहिलो माया बोलको सन्देशमुलक गीत रेकर्ड भएको थियो । सय भन्दा बढी गीत रेकर्ड गराइसकेका गुरुङका ११ एल्बम बजारमा आइसकेका छन् । एकल संगीत र रचना रहेको इसारा भाग–१ उनको पहिलो एल्बम हो ।