पत्रकार खशोगी हत्याकाण्डको साउदी अदालतले गरेको फैसलाको अमेरिकाद्धारा स्वागत

टेक्सस-पत्रकार जमाल खशोगी हत्याकाण्डको घटनाको साउदी अदालतले सुनाएको फैसलाको अमेरिकाले स्वागत गरेको छ ।
अमेरिकाको विदेश मन्त्रालयले घटनाको विषयमा निष्पक्ष र पारदर्शि न्यायिक प्रकृया सुरु गरेकोमा साउदी अरबको प्रशंसा व्यक्त गदै स्वागत गरेको हो ।
साउदी अदालतले पत्रकार खशोगी हत्याकाण्डमा पा“च जनालाई मुत्युदण्डको सजाय सुनाएको छ भने तीन जनालई २४ वर्षको जेल सजाय सुनाएको छ । उनिहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
साउदी नागरिक खशोगी धेरै जसो अमेरिकामा बस्ने गरेका थिए । अमेरिकामा बसेर उनले वाशिंटन पोष्टमा साउदी अरबका विभिन्न गतिविधीहरुको बारेमा स्तम्भ लेख्ने गर्थे । उनलाई साउदीका युवराज मुहम्द विन सलमानको कटु आलोचक पनि मानिन्थयो ।
खशोगी अक्टोबर, २ २०१८मा तुर्कीको इस्तांबुल सहरमा रहेको साउदी अरबको वाणिज्य दुताबासमा आफनो भिसा सम्बन्धी दस्तावेज बुझाउन जादा उनको हत्या भएको थियो । उनको हत्यालाई लिएर विश्वभरी नै आलोचना बन्यो । युवराज सलमानकै निर्देशनमा उनको हत्या भएको अनुमान त्यतिबेला नै धेरैले लगाएका थिए ।
अमेरिकाले पनि यस अघि नै घटनाको निष्पक्ष छानवीन हुनु पर्ने माग राख्दै आएको थियो । ४० जनालाई घटनाको आरोपी मान्दै छानवीवन चलाइएको थियो । छानवीन समितिले खशोगीको हत्या पुर्व नियोजित नभएको बताइएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...