सरस्वती शर्मा

विस्कान्सिन-वुद्दि  सुबेदिद्धारा देवघाटका बृद्धबृद्धालाई भोजन ग्रहण गराईएको छ । गैर आवासिय नेपाली सँघ अमेरिका  मध्य पश्चिम क्षेत्रका उपाध्यक्ष तथा समाजसेवि बुद्धि सुबेदिद्धारा  देवघाट तिर्थ स्थलमा सरकारद्धारा सँचालित बृद्धाआश्रममा रहदै आउनुभएका बृद्धबृद्धाहरुलाई भोजन ग्रहण गराईएको हो ।

बुद्दि सुवेदी

  उनले  करिव १० बर्ष देखि उक्त स्थानमा रहेका बृद्धबृद्धालाई उक्त सेवा गर्दै आएका छन् ।आफु बिदेशमा भएपनि नेपाली प्रतिको सद्भाव र सेवामा तत्पर रहने भावनाका साथमा प्रत्येक बर्ष भोजन गराउदै आएका हुन । यसपटक भने आफु स्वयम उपस्थित हुन नसकेपनि परिवारका अन्य सदस्यको सहभागितामा उक्त आश्रममा बस्ने करिव १०० जना बृद्धबृद्धालाई भोजन गराएको उनले जानकारी दिए । उक्त कार्यले आफुलाई सकारात्मक उर्जा सधै प्रदान गर्ने उनले बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected