–थकीत यात्री
बाले भन्नुहुन्थ्यो जेल खानेले मन्त्री खायो।
आमा भन्नूहुन्थ्यो नेल खानेले मन्त्री खायो।
तर आज छोरो भन्छ के हो बाबा हाम्रो देशमा?
सिङै जहाज पचाएर तेल खानेले मन्त्री खायो।
छोरी पनि भन्छे अचेल, कस्तो बिडम्बना!
चोर डाका गुन्डासग मेल खानेले मन्त्री खायो।
नाति पनि प्रष्ट सग बोल्न सक्ने भा छ अचेल,
हैन बाबा आठ कक्षामा फेल खानेले मन्त्री खायो।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...