क्लोराडोमा बैक लुटेर हजारौ डलर भीडमा उडाउदै लुटेराले भने– मेरी क्रिसमस

टेक्सस–चोरले लुटपाट केका लागी गर्छ ? उत्तर सहज आउछ– आफनो आवश्यकता परिपुर्ति गर्न । तर अमेरिकाको क्लोराडोमा क्रिसमसको दिन भने एउटा अनौठो प्रकारको चोरीको घटना बाहिर आएको छ । यो घटनाले सबैलाई आश्चार्य चकीत पनि तुल्याएको छ । क्लोराडो एकेडेमी बैंकबाट हजारौ रकम लुटेर एक जना डकैतले सबै रकम भीडभाडमा उडाइदिएका छन् । भीडमा हजारौ रकम उडाउदै उनले भनिरहे– ‘मेरी क्रिसमस, मेरि क्रिसमस…..।’
क्रिसमसमा सान्टा तथा धेरै गिफ्टको आशा गरिरहेकाहरुलाई यो उपहारको ठुलो मौका बनेको छ । ६५ वर्षिय डेभिड ओलिबर नामका डकैतले आकाशमा डलर उडाएपछि सर्वसाधारणलाई डलर टिप्ने मौका जुरेको थियो । डलर टिप्नेहरुको हानथाप र ठेलम्म ठेल दृश्य हेर्न लायकको भएको प्रत्यक्षलर्शिले अन्तराष्ट्रिय संचारमाध्यमलाई जनाएका छन् । सडकमा डलर उडदै गरेको दृश्यले धेरैलाई अचम्मित पनि बनाएको थियो ।
डलर उडीरहेको दृश्य हेर्दा कुनै सिनेमाको दृश्य जस्तो पनि लाग्थ्यो । तर यो सिनेमा नभएर बास्तविक दृश्य थियो ।
बैक लुटपाटका क्रममा डेभडिले रोक्ने प्रयास गरेमा गोली मारिदिने धम्की समेत दिएका थिए । यसैले पनि उनलाई कसैले रोक्ने प्रयास गर्न सकेनन । रकम लुटेर फरार भएका उनी भीडमा सबै डलर उडाउदै मेरी क्रिसमस भनेका थिए । रकम लुटेपछि प्राय प्रहरीबाट जोगिन भाग्ने कोसिस गर्छन् । तर उनी भने प्रहरीलाई नै पर्खेर बसेका थिए । क्लोराडोको स्प्रिंग्समा रहेको स्टारबक्समा गएर उनी प्रहरीको प्रतिक्षामा बसेका थिए । प्रहरीले उनलाई त्यहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका डेभिडसंग खानतलासीका क्रममा प्रहरीले कुनै हतियार फेला पारेको थिएन । उनी हतियार विना नै बैक लुटपाट गर्न गएका रहेछन् ।
उनले के कति रकम लुटेका थिए भन्ने बारेमा आधिकारिता आएको छैन । प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ ।