कास्की-कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला हुने भएको छ । जय बराह युवा क्लबको आयोजनामा पुष २० गतेदेखि २५ गते सम्म कास्कीको माछापुच्छ«े गाँउपालिका ६ धिताल, ह्याङ्जाकोटमा मेला हुन लागेको हो ।
गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा बर्षेनी गरिदै आएको मेलालाई यो बर्ष पनि निरन्तरता दिन लागिएको क्लबका सल्लाहकार अनिल गुरुङले बताए । मेला २०४६ देखि गरिदै आएको उनको भनाई छ । ‘गाँउको चिनारीको लागि हाम्रो सक्रियता’ भन्ने मुल नाराको साथ हुन लागेको मेलामा वडास्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रसी तान्ने प्रतियोगिता गरिने मेला संयोजक सुन्दर गुरुङले जानकारी दिए ।
गाँउको लोक संस्कृति बचाउने उदेश्यले आयोजना गरिएको मेलामा गाँउको लोक संस्कृति प्रदर्शन गरिनुका साथै ख्यातिप्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने उनले बताए । केही बर्ष अगाडीदेखि सुरु भएको ह्याङ्जाकोट होमस्टेलाई पनि मेलाले प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको होमस्टेका अध्यक्ष ईश्वर गुरुङले बताए ।
कास्कीको रमणिय गाँउ ह्याङ्जाकोटबाट अन्नपूर्ण, माछापुच्छ«े लगायत हिमालहरु नजिकैबाट हेर्न सकिन्छ । मेलामा बराह मन्दिर, ह्याङ्जाकोटको कोटडाडाँ साथै गुरुङ समुदायको अवलोकन गर्न सकिन्छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















