टेक्सस– चर्चित गायक रामकृष्ण ढकालको पत्नीसंग सम्बन्धबिच्छेद भएको छ ।
लामो समय देखिको उनिहरुको सम्बन्ध अहिले आएर वारकी पार भएको हो । १७ वर्षको सम्बन्ध अहिले आएर टुगिएको छ । पत्नी निलमले जिल्ला अदालत काठमान्डौमा दिएको निवेदनका आधारमा न्यायधिक विदुर कोइरालाको इजलासमा सम्बन्ध बिच्छेदका लागी उनिहरुले मिलापत्र गरेका छन् ।
निलमले अंश नलिने गरी मिलापत्र गरेकी हुन । छोरी पनि निलमंसंगै रहनेछिन् । यता रामृकष्ण ढकालले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्– हाम्रो सम्बन्ध कहिल्यै मर्नेछैन । यतिबेला उनिहरुको सम्बन्धबिच्छेदले सामाजिक संजाल तातिएको छ । उनिहरुको एकाएक भएको सम्बन्धबिच्छेदले धेरैलाई आश्चार्य तुल्याएको छ ।
समाचार स्रोतका अनुसार गायक ढकालले समय नदिएपछि नै उनिहरु बीच खटपट भई सम्बन्धबिच्छद भएको हो । उनिहरुबीच २०५९ मंसीर १४ गते विवाह भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected