अमेरिकामा बन्दुक हिंसामा यो वर्ष ३८ हजार बढीको ज्यान गयो

टेक्सस–अमेरिकामा यो वर्ष २०१९ मा बन्दुक हिंसामा परेर ३८ हजार भन्दा बढीको ज्यान गएको छ ।
अमेरिकी संचारमाध्यमका अनुसार अमेरिकाभरी भएको बन्दुक हिंसाका क्रममा ज्यान गएको हो । अमेरिकामा बन्दुक हिंसा सम्बन्धी तथ्याङक राख्दै आएको गन भाइलेन्स अर्काइभ (जीविए) ले यो तथ्याङक सार्वजनिक गरेको छ ।
जिविएका अनुसार यस वर्ष २३ हजार ७ सय ६० आत्महत्याको घटना रहेको छ । बन्दुक हिसामा ११ वर्ष भन्दा मुनिका झण्डै २०७ जना बालबालिकाले ज्यान गएको छ भने ४ सय ४३ बालबालिका घाइते भए ।
यसरी दर्ता भएको बन्दुक हमलाको घटनामा १४ हजार ९ सय ७० योजनाबद्ध तवरले हत्या रहेको छ । यो वर्ष ४०९ पटक सामुहिक घोलाबारी र ३० वटा सामुहिक हत्याको घटना दर्ता भएको छ ।
अमेरिकामा दिनहु“ जसो विभिन्न राज्यमा गोलबारीका घटनाले जनधनको क्षति संगै कयौ घाइते हुने क्रम बढ्दो छ ।
बन्दुक राख्ने सहज कानुनको फाइदा उठाउदै सन्काह व्यक्तिहरुले जथाभावी बन्दुक आतंक मच्चाउन थालेपछि घटनाहरु बडदै गएको हो । केही महिना अघि अमेरिकाको टेक्सस र ओहायो राज्यमा भएको गोलबारीको घटनामा ३० जनाको ज्यान जानुका साथै ४५ जना भन्दा बढी घाइते भए । यो त उदाहरण मात्रै हो । पछिल्लो क्रममा पनि विभिन्न पार्टि तथा समारोहमा गोलाबारीका घटनाहरु नियमित भइरहेका छन् ।
यसरी दिनानुदिन बन्दुक आतंक बढदै गएपछि जनमानसबाट विरोधको स्वर उठे पनि बन्दुक संस्कृतिमा कुनै कमी आउन सकेको छैन । बन्दुक राख्न पाउने नपाउने विषयमा धेरै बहसहरु भए पनि त्यसले कुनै सार्थक परिणाम निकाल्न सकेको छैन ।
अमेरिकामा बन्दुक राख्न पाउने सामान्य घटनाले अपराधी प्रवृत्ति मौलाएर गएको छ । अहिले सम्म अमेरिकी सरकारले बन्दुक नियन्त्रण गर्न सकेको अवस्था छैन । बन्दुक राख्न पाउने सहज कानुनकै कारण यहा“ बन्दुक आतंक मौलाएर गएको हो ।