अमेरिकी राष्ट्रपतिको उम्मेदवार ब्लूमबर्गले विज्ञापनमा १२ करोड डलर खर्च गरे

टेक्सस–मीडियाका बादशाह माइकल ब्लूमबर्गले अमेरिकी राष्ट्रपतिको चुनावमा जित हासिल गर्न करौडौ रकम विज्ञापनमा खर्च गरेका छन् ।
राष्ट्रपतिको चुनावमा विपक्षी डेमोक्रेटिक पार्टिको उम्मेदवार हासिल गर्न उनले डिजिटल तथा टिभी विज्ञापनका लागी अहिले सम्म १२ करोड डलर खर्चेका छन् । अमेरिकामा २०२० मा राष्ट्रपतिको चुनाव हुदैछ ।
डेमोक्रेटिक पार्टिको उम्मेलदवार बन्न झण्डै डेढ दर्जनले आफनो दावेदारी पेश गरिसकेका छन् । राष्ट्रपति उम्मेदवारको छिनोफानो गर्न दुई महिनापछि राज्यस्तरीय प्राथमिक चुनाव हुदैछ । ७७ वर्षिय ब्लूमबर्गले गत नोभेम्बर महिनामा आफनो उम्मेदवारी पेश गरेका थिए ।
अमेरिकाको एक म्याग्जीनका अनुसार ब्लूमबर्गले ५० राज्यमा विज्ञापनका लागी यतिका रकम खर्चि सकेका छन् ।
न्युयोर्कको पुर्व मेयर समेत रहेका ब्लूमबर्गले टेक्सस, क्यालिफोर्निया तथा फलोरिडा जस्ता ठुला राज्यहरुमा भने अहिले सम्म खास ध्यान दिएका छैनन । अहिले सम्म खर्च गरिएको रकम उच्च भएको विश्लेषकहरुले बताएका छन् ।
राष्ट्रपति चुनावको उम्मेदवारहरुमा एक राष्ट्रिय सर्वेक्षण अनुसार ब्लूमबर्ग पाचौ स्थानमा रहेका छन् । डेमोक्रेटिक पार्टिको राष्ट्रपतिय उम्मेदवारको दौडमा पुर्व उपराष्ट्रपति जो बिडेन सबैभन्दा अगाडी छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...