टेक्सस-नेपाली  सास्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा आईतबार नेपाली मन्दिरमा खुशी विज्ञान कार्यक्रम हुने भएको छ ।

गहन ध्यान र साधनाको माध्यमद्धारा तनाव अनिद्रा, चिन्ता र डिप्रेसनबाट मुक्त हुनका लागी कार्यक्रम आयोजना गरिएको हो । जीवन विज्ञान शिक्षक निर्मला केसीले सहभागीहरुलाई प्रशिक्षण दिनेछिन् ।
जीवन विज्ञान काठमान्डौद्धारा संचालित यो कार्यक्रममा जीवनका विभिन्न आयमहरुका बारेमा उपलब्धीमुलक टिप्सहरु हुने आयोजकले जनाएको छ । चार घन्टा सम्म हुने कार्यक्रममा योग ध्यान प्रन्यामी जस्ता सिकाई र अनुभवहरु पनि आदानप्रदान हुने योग प्रशिक्षक माला महतले जानकारी दिइन ।
पहिलो पटक हुने लागेको खुशी विज्ञानको यो कार्यक्रममा सहभागी भएर लाभ लिन आयोजकले टेक्सस वरपर रहेका सबै नेपालीलाई आग्रह गरको छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected