गैरआवासिय नेपालीलाई दोहोरो नागरिकता हैन, काग्रेस नेता रिजाल

नेपाली कांग्रेसका नेता एवं पुर्व सुचना तथा संचार मन्त्री मिलेन्द्र रिजालले गैरआवासिय नेपालीलाई दोहोरो नागरिकता दिने नभई गैर आवासिय नागरिकता प्रदान दिने निति अघि बढेको बताएका छन् ।
अमेरिकाको टेक्ससमा युएसनेपाल पोष्ट डिजिटल पत्रिकाको शुभराम्भ गदै उनले गैरआवासिय नागरिकताले राजनितिक बाहेक सामाजिक लगायत सबै अधिकार दिने प्रष्टाए ।
गैरआवासिय नेपालीलाई नागरिकता दिने कुरामा कुनै सन्देह छैन उनले अगाडी भने–‘तर दोहोरो नागरिकता भन्ने चाही हैन ।’ साचो अर्थमा भन्दा गैरआवासिय नेपाली नागरिकता हो ।
उनले सरकारको फेरबदलले नागरिकता विधेयकमा ढिलाई भइरहेको बताउदै उनले गैरआवासियलाई नागरिकता विधेयक संसदमा पारित भई संसदिय समितिमा गइसकेको जानकारी दिए । गैरआवासियलाई नागरिकता दिने कुरा दुई तिहाईले पारित गरिसकेको अवस्थामा यसमा कसैको पनि झगडा नरहेको बताए । छिटै यो प्रकृया अघि बढेर गैरआवासिय नेपालीको अधिकार सुनिश्चित हुने आश्वासन पुर्व मन्त्री रिजालले दिए ।
उनले यसका लागी प्रधानमन्त्रीलाई गैरआवासिय नेपालीले पनि दबाब दिनु पर्नेमा समेत उनले जोड दिए । आफनो पार्टि अहिले प्रतिपक्षमा रहेकोले आफुले टेबल ठोक्नु बाहेक अरु केही गर्न नसकीरहेको बताए । तर उनले गैरआवासिय नेपालीलाई नेपाली नागरिकताको अधिकार प्राप्त हुनेमा कुनै सन्देह नरहेको प्रष्टाए ।