टेक्सस– नेपाली समाज टेक्ससको दुई  वर्षे कार्यकालकाे  अध्यक्षमा  दिनेश शर्मा चयन भएका छन् । अध्यक्षमा अर्को कुनै प्रतिस्पर्धी नउर्तिएपछि निर्वाचन कमिटीले शुक्रबार औपचारिक रुपमा सामाजिक संजाल मार्फत चयन भएको घोषणा गरेको हो ।
समाजको आज (शनिवार ) निर्वाचन प्रकृयाको मिति तोकिए पनि अघिल्लो दिन नै अध्यक्ष देखि  भाईटल पदमा  एक भन्दा बढीको उम्मेदवार नपरेपछि स्वतं विजय भएको घोषणा गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बाग्ले, उपमहासचिवमा नारायण खड्का, कोषाध्यक्ष मधुर खरेल, तथा सहकोषाध्यक्षमा विवेक कडेल चयन भए । ६ सदस्यीयका लागी सात जनाको मनोनयन परेको थियो । अन्तमा आएर निर्मला राईले उम्मेदवारी फिर्ता लिएपछि ६ जना सर्वसम्मत चयन भएका हुन ।
यसरी चयन भएका सदस्यहरुमा विकास उप्रेती, दिनेश न्यौपाने, पशुपति तिमिल्सना, किरण पौडेल, , राजुप्रसाद नेपाल र युधिष्ठर नेपाल रहेका छन् । निर्वाचन कमिटीले विज्ञप्ती मार्फत नया समितिमा निर्वाचित भएको जानकारी दिएको छ । निर्वाचन कमिटीमा वैकुन्डबहादुर थापा, डा प्रेम अधिकारी, महेन्द्र पौडेल, निरज श्रेष्ठ र महेश नेपाल रहेका थिए । त्यस्तै युवा तथा विद्यार्थी संयोजकमा अनुप कार्की चयन भए ।
नेपाली समाज टेक्ससमा नया नेतृत्वको सदस्य शुल्कमा चर्को वृद्धि गरेपछि उम्मेदवार दिन
हच्केका थिए । चर्को शुल्कै कारण हरेक पदर्मा एक भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता नगरेपछि सर्वसम्मत रुपमा नया कार्यसमिति चयन भएको हो । गत वर्ष भन्दा यस वर्ष सदस्य संख्यामा पनि कमी आएको छ । अघिल्लो वर्ष १७ सय भन्दा बढी सदस्य रहेकोमा यो वर्ष घटेर ११ सयमा झरेको छ ।
निवर्तमान अध्यक्ष सुमन थापालाई पुन अध्यक्षका लागी धेरैले प्रस्ताव गरेपनि उनले उम्मेदवारी नदिएपछि सर्वसम्मतको प्रयास भएको हो । यसका साथै महासचिव भक्त भण्डारी, परशुराम दाहाल लगायतले पनि उम्मेदवारी नदिएपछि नया पदाधिकारीका लागी बाटो खोलिदिएका थिए । सर्वसम्मत बनाउन अध्यक्ष थापा लगायतको भुमिका रहेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected