टेक्सस– अमेरिकाको न्युयोर्कमा शनिवार राती यहुदीहरुले प्रार्थनासभा गरिरहेको नजिकैको एक घरमा दर्जनौ मानिसनहरुलाई छुरा गरिएको छ ।
यहुदी धर्मगुरु रहेको मोन्सेस्थित रब्बीको उक्त घरमा अज्ञात समुहले धेरै व्यक्तिहरुलाई जथाभावी छुरा प्रहार गरेको जनाइएको छ । यहुदी संगठनहरुले घटना लगतै प्रहरीलाई खबर गरेका थिए । केही प्रत्यक्षदर्शिले एक कालो वर्णको मान्छे चक्कु लिएर जथाभावी आक्रमण गर्न थालेका प्रहरीलाई बताएका छन् ।
।छुरा प्रहारबाट घाइते पाँच जना यहुदीलाई अस्पताल पु¥याएको छ । के कारणले अनायसै यस्तो हमला भयो भन्ने बारेमा केही आएको छैन । घटना रहस्यमय बनेको छ । न्युयोर्कको प्रहरीको प्रतिआतंकवाद एकाइले घटना भएको घरमा खानतलासी गरिरहेको छ । घटनामा हमलाकारी पक्राउ परेको नपरेको बारेमा प्रहरीले केही बताएको छैन । एक व्यक्तिलाई ६ पटक सम्म छुरा प्रहार गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । घृणा र जातिय हिंसा फैलाउन यस्तो कार्य गरेको हुन सक्ने अनुमान गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected