टेक्ससको फोटवर्थ नजिकैको चर्चमा गोलबारी हुदा दुईको मुत्यु, एक गंभीर

टेक्सस– टेक्ससको फोटवर्थ नजिकैको एउटा चर्चमा गोलीबारी हुँदा दुई जनाको ज्यान गएको छ ।
फोटवर्थ नजिकको वाइट सेटलमेन्टको फ्रिवे चर्च आफ क्राइष्टमा आइतबार बिहान भएको गाेलाबारीमा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा एक जना गंभीर घाईते भएका छन् ।
बिहान १० बजेतिर भएको घटनामा एक जना घटनास्थलमै मृत भेटिएका थिए भने अर्का एक जनालाई अस्पताल लाने क्रममा बाटोमै मुत्यु भएको अधिकारीहरुले जनाएका छन् । चर्चले गोलाबारी लगत्तै प्रहरीलाई खबर गरेको थियो । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । के कारणले गोली चल्यो भन्ने बारेमा बिस्तृत आउन सकेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोली हान्ने व्यक्तिको प्रहरीले व्यापक खोजी गरिरहेको छ । गोलीकान्ड पछि आसपासको वातावरण सुनसासन बनेको एनबिसी डालस फोटवर्थले जनाएको छ ।
फाेटाे एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...