टेक्सस
–अन्तराष्ट्रिय कलाकार मञ्चले नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न मञ्चले साथ र सहयोग गर्ने बताएको छ ।
अन्तराष्ट्रिय कलाकार मञ्च केन्द्रिय समितिको तर्फबाट अध्यक्ष रामप्रसाद खनालले आइतबार विज्ञप्ती मार्फत सरकारको घोषणालाई फलदायी भन्दै मञ्चले भ्रमण वर्षलाई सफल बनाउन पुर्ण रुपमा सहयोग र साथ दिने बताएका हुन ।
मञ्चमा आवद्ध एक जना कलाकार बराबार कम्तिमा २० जना विदेशी पर्यटकलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिदै नेपाल जान आग्रह गर्ने विज्ञप्तीमा जनाइएको छ ।
साथै कलाकारहरुलाई समेत आफु र आफनो परिवारसहित नेपाल भ्रमण मा सहभागी भई नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कलाकारहरुलाई विज्ञप्ती माफर्त आग्रह गरिएको छ ।

भ्रमण बर्ष २०२० सफल पार्न सक्यौं भने बिदेशमा नेपालको इमेज राम्रो हुने मात्र नभै नेपालको पर्यटन, गीत संगीत, कला, साहित्य, सँस्कृती हर क्षेत्रको बिकास र प्रबर्धन हुने, यसले हामी सबै नेपाली र हाम्रो देश नेपालका लागि दीर्घकालिन रुपमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा पुग्ने भएकोले अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति,बाट सक्दो प्रचार, सहयोग गर्न सम्बध्द सबैमा हार्दिक अनुरोध गर्दछु ,विज्ञप्ती मा भनिएकाे छ ।

भ्रमण बर्ष २०२० सफल पार्न अन्तर्राष्ट्रिय कलाकार मञ्चले नेपालमै पनि बिभिन्न साँस्कृतिक कार्यक्रम लगायतका भ्रमण बर्ष २०२० सँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्ने, यसका लागि सँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पर्यटन बोर्ड लगायतका सम्बध्द निकायहरु सँग मिलेर सहकार्य गर्ने, सहयोग गर्ने जनाएकाे छ

           

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected